Sunday, March 7

मध्यरातमा पार्किङ गरेको बसभित्र ४ युवायुवती भेटिएपछि…

January 30, 2021 223

धनगढी : लकडाउनको समयमा पार्किङ गरिएको बसभित्र बसेका ४ जना युवायुवतीलाई प्रहरीले ‘पक्राउ’ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्यरातमा प्रहरीले उनिहरूलाइ ‘पक्राउ’ गरेको हो।

धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीसहित ४ जना युवायुवती ‘पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । ‘बसभित्रबाट हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको सूचनाको आधारमा ‘पक्राउ’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ‘पक्राउ’ परेका चार जनामध्ये एकजना सोही बसका सह-चालक हुन् भने अर्का युवा उनका साथी हुन् । दुई जना युवतीले भने आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको प्रहरीलाई बयान दिएका छन् । प्रहरी नायव उपरीक्षक बस्नेतले उनीहरुका अभिभावकलाई बोलाएर थप अनुसन्धान र कारवाहीको प्रक्रिया अगाडि बढाउने बताएा छन्।

प्रतिकृया दिनुहोस्