Friday, March 5

फागुन ०७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

February 18, 2021 69

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेको छ । सुझबुझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपी निकास पाउने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेको छ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मिहिनेतीहरूका लागी समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्ने खतरा रहेको छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरी सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेको छ । पेसा वा व्यवसायगत उन्नतीका लागी गरिएका प्रयास सफल हुनेछन् । भौतिक सम्पती हात लागी हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बन्द व्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेको छ । दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितीमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आकस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतीमा मन रमाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दाबी गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेको छ । छोटो दुरिको यात्राको सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्