Saturday, December 5

कक्षा १ देखि ९ सम्मको परीक्षा शुरू, मास्क लगाएर परीक्षा दिँदै विद्यार्थी

March 12, 2020 244

डडेल्धुरा, कोरोना भाइरसको त्रा’सका कारण डडेल्धुरामा कक्षा १ देखि ९ सम्मको परीक्षा शुरू भएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा ध’माधम परीक्षा भइरहेका हुन्। डडेल्धुरा स्थित विद्यालयहरूको परीक्षा चैत ६ गतेबाट स’ञ्चालन गर्ने भनिएको भएपनि कोरोना भाइरसका कारण फागुन २७ गतेबाट नै स’ञ्चालन भएको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख रामदत्त भट्टले जानकारी दिए। ‘डडेल्धुराका सातवटै स्थानीय तहका सामुदायिक विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा स’ञ्चालन भइसकेको छ।’

अमरगढी नगरपालिकाअन्तर्गत कक्षा ५ र ८ को परीक्षा भने आन्तरिक तयारी नपुगेका कारण स’ञ्चालन नभएको समेत प्रमुख भट्टले बताए। ‘सामुदायिक विद्यालयमा नि’र्धारित समयभन्दा अ’गावै परीक्षा सञ्चालन गर्नुपरेकाले केही विद्यालयको आन्तरिक तयारी नपुगेको देखिन्छ। यद्यपि; परीक्षा भने शान्त वातावरणमा नै सञ्चालन भइरहेको छ।’ उनले भने, ‘केही निजी विद्यालयको पढाइ पूरा नभएको कारण केही ढिला परीक्षा सञ्चालन गर्ने भनेका छन्, सक्दो चाँडो परीक्षा गर्न-गराउन मैले प्रयत्न गरिरहेको छु।’ अमरगढी नगरपालिकाअन्तर्गत कक्षा ५ र ८ को परीक्षा स’ञ्चालन हुनसकेको छैन।

कोरोना भाइरसको संक्रमणमा पर्ने आ’शंकाका कारण चैत ५ गतेसम्म कक्षा १ देखि ९ गतेसम्म हुने भनिएको परीक्षा स’म्पन्न गरिसक्न नेपाल सरकारको निर्देशन भएपनि अमरगढी नगरपालिकामा भने कक्षा ५ र ८ को परीक्षा सञ्चालनमा आएको छैन। अमरगढी नगरपालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी १४ वटा विद्यालयका कक्षा ५ र ८ का विद्यार्थीले दिने बार्षिक परीक्षा सारिएको छ। कक्षा ५ र ८ को प्रश्नपत्र निर्माणमा ढि’लाइ भएकाले तो’किएको समयमा परीक्षा सञ्चालन गर्न नसकेको अमरगढी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त पन्तले जानकारी दिए। उनका अनुसार कक्षा ५ र ८ को परीक्षा फागुन ३० गतेबाट स’ञ्चालन हुने जनाइएको छ।

परीक्षामा सामेल विद्यार्थीलाई मास्क अ’निवार्य गरेको जनाउँदै शिक्षा शाखा प्रमुख पन्तले नगरपालिका अन्तर्गतका विद्यालयमा विद्यार्थी संख्याका आधारमा निःशुल्क रूपमा मास्क वितरण गरिएको बताए। विद्यालर्थीले मास्क लगाएरै परीक्षामा सहभागी भइरहेका छन् ।कोरोना भाइरसको त्रा’सका कारण उनीहरूले मास्क लगाएरै परीक्षा दिइरहेका हुन्। विद्यालयमा ठूलो सं’ख्यामा विद्यार्थी एकै ठाउँमा बसेर प’ठनपाठन गर्ने भएकाले नेपाल सरकारको नि’र्देशन अनुसार डडेल्धुराका सं’स्थागत र सामुदायिक विद्यालयमा तत्काल १ देखि ९ कक्षाको परीक्षा स’ञ्चालन गर्न समन्वय गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।

‘कोरोना भाइरसका कारण ज्यान जानेको संख्या विश्वमा बढिरहेको छ, हामीकहाँ कोरोना भाइरसको सं’क्रमण देखापर्नु अगाडि नै स’जकताको प्र’यासका लागि सबैसँग आ’ग्रह गरिएको छ।’ प्रजिअ पन्तले भने, ‘जिल्लाभित्र सा’र्वजनिक स्था’नहरूमा धेरै भी’डभाड नगर्न, अति आवश्यक कामको लागि मात्र बाहिर जान, हात मि’लाउनुको साटो नमस्कार गर्न, भेला, ज’मघट तथा मेला म’होत्सवजस्ता कार्यक्रमहरू नगर्न हामीले सबैमा अ’नुरोध समेत गरेका छौं।’ जिल्लाभर प्राथमिक, आधारभूत र माध्यमिक विद्यालय गरी २४९ वटा विद्यालय रहेका छन् ।

जसमध्ये अ’जयमेरु गाउँपालिकामा ३०, आ’लिताल गाउँपालिकामा ४३, अमरगढी नगरपालिकामा २९, भागेश्वर गाउँपालिकामा ३३, ग’न्यापधुरा गाउँपालिकामा २४, नवदुर्गा गाउँपालिकामा २८ र परशुराम नगरपालिकामा ६२ वटा विद्यालय रहेको शिक्षा विकास तथा स’मन्वय ए’काइ डडेल्धुराका सू’चना अधिकारी केशव जोशीले बताए।

प्रतिकृया दिनुहोस्