Friday, March 5

समाज जोडेर भागीरथीकी आमाले भनिन्, दिनेश एक्लैले यो गर्न सक्दैन मलाई न्याय दिलाइदिनु पर्यो (भिडियो सहित)

February 18, 2021 85

काठमाडौ । बैतडीकी भागरथी घटनामा सफलता मिलेको भन्दै प्रहरीले खुसी मनाइरहँदा भागरथीको आमाले भने घटनामा दिनेशको संलग्नता भएको कुरा आफुलाई विश्वास नलागेको बताएकी छन् । उनले घटनामा कि उनी मात्र एक्लो हुन नसक्ने वा अरु नै संलग्न भएको हुनसक्ने आशंका गरेकी छन् । प्रहरीले बुधबार भागरथी भट्टको ह ‘त्या मा संलग्‍न भएको भन्दै १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको छ ।

उनले घटनामा संलग्नता स्वीकार समेत गरेको प्रहरीको भनाइ छ । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ परेका दिनेशले घटना गराए भन्ने कुरामा आफु विश्वस्त हुन नसकेको बताएकी छन् ।

नेपाली कांग्रेसका नेता एनपी साउदसहितको टोलीसँगको भेटमा उनले यस्तो भनेकी हुन् । लेखाजोखा अनलाईनले सार्वजनिक गरेको भिडियो क्लिपमा आमा द्रोपदीले अभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले ह ‘त्या रा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन् ।

“घटना भएको दिन उ ९दिनेश० चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ ९किशोर० कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी घटना गरायो रु भागरथीकी आमा द्रोपतीले भनेकी छन् ।

प्रहरीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर दिेनेशलाई सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेता साउदसहितका कांग्रेस नेताहरु भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए ।

प्रतिकृया दिनुहोस्