Monday, January 25

चीनको घो’षणा : कोरोना म’हामारी अब स’माप्त भयो

March 12, 2020 381

२९ फाल्गुन २०७६, बिहीबार बेइजिङ, चीनले अब कोरोना भाइरसको म’हामारी समाप्त भएको जनाएको छ ।राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घो’षणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम म’न्द भएपछि यस्तो घो’षणा आएको हो ।सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्र’भाव स’माप्त भएको जानकारी दिएको हो। विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई म’हामारी घो’षणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनको प्र’भाव स’माप्त भएको घो’षणा गरेको हो।

केहीदिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उ’द्गमस्थल हु’पेइको वुहान शहर पुगेका थिए। चीनमा कोरोनाले संक्रमित र मृ’तकको संख्या घ’ट्दै जाँदा सी वुहान पुगेका थिए।उनले वुहानमा पुगेर हु’पेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए। कोरोना भाइरसका कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृ’त्यु भइसकेको छ। दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृ’तकको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट सं’क्रमित भेटिएका छन्। तर पछिल्लो समय चीनमा कोरोनाको प्र’भाव घ’ट्दै गएको छ। चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन्।

प्रतिकृया दिनुहोस्