Friday, January 15

आमा वित्दा पनि घर आउन पाएनन, भारतीय क्वारेन्टाइनमै बसेर आमाको काजकिरिया !

April 15, 2020 443

दार्चुला । हिन्दु परम्परा अनुसार काजक्रिया गर्न जन्मथलो अर्थात दि’वन्गत हुनु भएकै ठाउँमा १३ दिन सम्म सेतो कपडा ओढेर गर्नु पर्ने भएपनि दार्चुलाका बासुदेव भट्टलाई भने परदेशमा आमाको क्रिया गर्नुपरेको छ ।आफ्नै जन्मभुमि जाने प्रवेशद्धारमा ताल्चा लागेपछि उनी आमाको दा’हसंस्कारमा त उपस्थित हुन पाएनन्, का’जकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै कि’रिया बसेका छन् ।जिल्लाको शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्ट दुई साता देखी भारतको क्वारेन्टाइनमा बसेका बेला मंगलवार घरमा आमा बि’तेको खबर पाए पनि जन्म भुमि जान पाएनन् ।

मंगलवारदेखि नै उनी आमाको अ’न्तिम संस्कार र का’जकिरियाका लागि घर फर्किन हा’रगुहार गरिरहेका छन् । “आमा वि’त्दा पनि घर जान पाइएन्, नेपाल सरकारले मलाइ रो’की राखेको छ ।” भट्टले भने—मंगलबार आमा वितेपनि अहिले सम्म घर जान पाईएको छैन् ।अहिले बासुदेव भारतको बलुवाकोट क्वारेन्टाइनमै सेतो कपडा ओढेर कि’रिया बसेका छन् । तीन महिना अघि भारतमा मजदुरी गर्न गएका भट्ट लकडाउन पछि घर आउँदा धारचुलामा अ’लपत्र परेका हुन् । भट्टलाई नेपाल ल्याउन पहल भइरहेको तर माथिको आ’देश अहिले सम्म नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए ।

प्रतिकृया दिनुहोस्