Friday, February 26

‘भारगरथी घटनामा जस्तै स्वतन्त्र अनुसन्धान गर्न पाए निर्मलाले पनि चाँडै न्याय पाउँछिन्’ : प्रहरी डीआईजी उत्तमराज सुवेदी

February 17, 2021 85

काठमाडौ । कञ्चनपुरमा निर्मला पन्तको ह’ त्या भएको घटना दुई वर्ष पुगेर तीन वर्षमा लाग्दैछ । उनको घटनामा संलग्नलाई कारवाही हुन सकेको छैन । घटना पछि भएको अनावश्यक हस्तक्षेप र घटनालाई नै अतिरंजित बनाउने खालका कुरा सार्वजनिक भएपछि प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाएन । त्यसैले अहिले सम्म घटनामा संलग्न पक्राउ पर्न सकेनन् ।

वैतडीमा भएको भागरथी घटनामा पनि यस्तै हुनसक्ने तर्फ प्रहरी सचेत थियो । त्यसैले घटनास्थलको सुरक्षा देखि अनुसन्धानलाई गोप्य ढंगले अघि बढायो । घटना भएको १४ दिन पछि प्रहरीले निष्कर्ष सहित टुंगोमा पुगेको छ । घटनामा संलग्न भनिएका उनकै नातेदार र छिमेकी समेत रहेका विद्यालयका सहपाठीलाई सार्वजनिक गर्दैछ । उनले घटनामा संलग्नता स्वीकार गरेका छन् ।

भागरथी घटनामा सफलता पाएपछि सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी प्र कर णमा सफलता मिलेको प्रतिकृया दिएका छन् ।

निर्मला घटनाका कारण गुमेको प्रहरी संगठनप्रतिको साख एकपटक पुनः जि वित तुल्याउने अवसर पाएको बताएका छन् । भागरथी घटनामा संलग्नलाई सार्वजनिक गर्नुअघि डीआईजी सुवेदीले स्थानिय मिडिया दिनेशखबरसँगको कुराकानीमा अब निर्मलाले पनि छिटै न्याय पाउने बताएका छन् ।

उनले भने, यो घटनालाई हामीले एकदमै सिरियस लिएर अनुसन्धानमा कुनै त्रु टी नहोस् भनेर चाँडो भन्दा चाँडो अनुसन्धान सकियोस् भनेर म लगायत मेरा अनुभव प्राप्त अधिकृत, जवानहरुले ग म्भी र रुपमा अनुसन्धान गरेको हो। काम गर्ने वातावरण पाएपछि चाँडै सफल हुन्छौँ भन्ने हामीमा दृढ विश्वास थियो।

विगतको मेरो व्यक्तिगत अनुभव र संगठनको अनुभवका आधारमा म पनि दृढ विश्वासमा थिए। आज त्यो विश्वासले नै हामीलाई सफलता मिलेको छ। यो अनुसन्धानमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतका सबै पक्षबाट राम्रो साथ सहयोग पाईयो। यसले एउटा के दृष्टान्त देखायो भने प्रहरीले स्वतन्त्र रुपमा काम गर्न पाए चाँडै नै अभियुक्तलाई कानूनको दायरामा ल्याउन सक्छ।

उनले निर्मला पन्त घटनामा संलग्न पक्राउ पर्न नसकेकोमा दुख ब्यक्त गरेका छन् । उनले भनेका छन्, अर्कोतर्फ निर्मला पन्तको घटना पनि चाँडो भन्दा चाँडो अनुसन्धान सकिएर दोषी कारवाहीको दायरामा आउने विश्वास लिएको छु।

प्रतिकृया दिनुहोस्