Tuesday, March 2

प्रहरीको कुकुर गाउँ आउने भएपछि गोठालो गएका दिनेश

February 17, 2021 85

बैतडी – बैतडीकी १७ वर्षीया भागरथी भट्ट घटना प्रकरणको आरोपमा पक्राउ परेका किशोरले घरायसी रिसइबीका कारण घटना घटाएको बयान दिएका छन्।

भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका आ’रोपित किशाेरले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्- ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसइबी थियो, सोही कारण मैले यसो गरेको हुँ।’

प्रहरी स्रोतका अनुसार उनले भागरथीको ह ‘त्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको र उचित मौकाको पर्खाइमा बसेको समेत बताएका छन्। भागरथीका छिमेकीसमेत रहेका ती आरोपितलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी स्रोतले बताएको छ।

उनलाई मंगलबार राति खोचलेक प्रहरी चौकीबाट जिल्ला लगिएकाे थियाे। बुधबार पत्रकार सम्मेलन आयोजना गरी आरोपितलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

पक्राउ परेका किशोरको गतिविधि शंकास्पद रहेको भागरथीका आफन्त शिवराज भट्टले भने ।

शिवराजले भने, “ सँगै पढ्ने अन्य विद्यार्थीले जसरी भागरथीका बारेमा खुलेर बताएका थिए, पक्राउ परेका दिनेशले घुमाएर कुरा गर्न थालेको थियो । शंकास्पद गतिविधि थियो । भागरथीभन्दा कान्छो हो । कक्षा ११मा पढ्ने केटो हो । म अहिले जिल्ला प्रहरी कार्यालय पुगेको छु । बाँकी प्रहरीले विस्तृत कुरा सार्वजनिक गर्नेछ ।”

पक्राउ परेका किशोरको घर भागरथीको भन्दा २० मिनेट टाढा पर्छ। उनीहरू दुबै स्कुल जाने आउने लवलेक सामुदायिक वनको बाटो भएर हो। उनी भागरथीलाई सकिदिने मनसायकै साथ हिँडिरहेका थिए। त्यसदिन उनले उपयुक्त मौ’का छो’पेका थिए।

दिनेश भागरथीसँग नाता पर्ने व्यक्ति हुन्। नातामा उनी भाइ पर्छन्। नियमित स्कुल जाने, धर्ना जुलुसमा सहभागी हुँदा घटनाबाट जोगिन्छु कि भन्ने उनको मनसाय देखिएको ती अधिकृतले बताए।

भागरथी र ती किशोरबीच के ‘दुश्मनी’ थियो भन्नेबारे प्रहरीले बताइसकेको छैन। सुदूरपश्चिम प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्दैछ र त्यसबेलै प्रहरीले उनीहरूबीचको ‘दुश्मनी’ बारे बताउने जनाएको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट ल डा’एको र घाइते अवस्थामा कर णी ग रेको बयान दिएका छन्। दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छन्। बाँकि तल भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्