Monday, March 8

पक्राउ परेका दिनेशको बयान, मन पराए भन्न सकिन, मेरो पहिल्यै देखि रिसिबी थियो !

February 17, 2021 92

धनगढीःभागरथीको घटना अभियोगमा पक्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ। सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ।

तर प्रर्दशनका क्रममा देखाउने शंकास्पद गतिविधिका कारण प्रहरीले सुरुदेखि नै निगरानीमा राखेर उनका गतिविधि अध्ययन गरिरहेको थियो। मृतक भागरथीका परिवारले समेत उनीमाथि आशंका गरेका कारण निगरानी बढाएको प्रहरीेले अन्ततः उनैले कर णी भागरथीको घटना घटाएको खुलेको प्रहरीले बताएको छ।

अभियुक्तले बयानका क्रममा समेत आफूले नै भागरथीको घटना घटाएको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्दैछ।

घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए।

अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण यो घटना घटाएको बयान दिएका छन्। भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै दिनेश भट्टले ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘घरायसी भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रि’सि’बी थियो। सोही कारण मैले ज्या’न लि’एको हुँ।’

प्रहरी स्रोतकाअनुसार उनले भागरथीको ज्या न लि’ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्। कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको तर भन्न नसकेको पनि प्रहरी सामु बताएका छन् ।

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्