Saturday, December 5

आँचलको आज बिवाह, लगाइन उदीपको नामको मेहन्दी (तस्बिर सहित)

March 12, 2020 446

काठमाडौँ । नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठले आज विवाह बन्धनमा बाँधिदैछन्। उनीहरुको विवाह काठमाडौँको एक पाँच तारे होटलमा हुँदैछ। उनीहरुले विवाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए। विवाह अगाडि उनीहरुको संगीत, मेहेन्दी समारोहको आयोजना गरिएको थियो।

आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन्। यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । आँचल र उदिपले चैत्र १ गते भने काठमाडौँको पाँच तारे होटलमा पार्टीको आयोजना गरेका छन्। आँचल र उदिपले १ वर्ष लामो समय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। मेहंदीमा आँचलले पहेँलो रंगको ड्रेस लगाएकी छन् । सो ड्रेसमा आँचल निकै खुलेको देखिन्छिन् ।

एक वर्ष देखी उदिपको प्रेममा रहेकी आँचलको प्रेम र बिहेको कुराले लामो समय मिडिया तताएको थियो । यति बेला भने आँचलको बिहेको रौनक छाएको छ ।उनले विवाहमा चलचित्रकर्मी, पत्रकार र आफ न्त सबैलाई बोलाउँदैछिन् । विबाह अघि आँचलले प्रेमी उदिपसँग खिचेका तस्विरहरु औएस नेपालले आँचलकै इस्टाग्रामबाट लिएको हो । उनीहरुले फागुनको २५ गते संगित कार्यक्रम सम्पन्न गरेका थिए ।

नायिका आँचल शर्मा र डा। उदिप श्रेष्ठबीच आज विवाह हुँदैछ । काठमाडौंको एक पाँच तारे होटलमा विवाह हुन लागेको हो । बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । एक वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् ।

आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिसकिएको छ । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका हुन् आँचल शर्मा । आँचलले सङ्गीतका लागि निमन्त्रण कार्ड नै बाँडेर आफन्त, कलाकार र संचारकर्मीका माझ मनाइन् ।

आँचलले आफन्त, चलचित्र कर्मी, पत्रकारलगायतलाई विवाह, र रिसेप्सन पार्टीका लागि निमन्त्रण कार्ड बाडिरहेकी छन् । उनले फागुन २५ गते सङ्गीत कार्यक्रम सम्पन्न गरिसकिन् भने २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् । केही दिन अघि एगेंजमेन्ट गरेका उनीहरुले विवाहको तयारी सुरु गरेका थिए ।

प्रतिकृया दिनुहोस्