Tuesday, March 2

फरार बिनयजंग बसपार्क पक्राउ , सपना भन्छिन अब सत्यतत्थ अब बाहिर आउँछ (भिडियोसहित)

February 16, 2021 70

बिनयजंग बस्नेत मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। ‘उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,’ सिंहले भने, ‘परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।’

बस्नेतविरूद्ध आइतबार अ’भद्र व्य’वहा’रको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा त’स्बिर देखाइदिने भन्दै ध’म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न’ग्न त’स्बिरहरू पे’नड्रा’इभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने ध’म्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव ज’ला’उने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्। बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्। बिनयजंग प्रकाउ परेपछि सपना भन्छिन अब छिटै सत्य तथ्य बाहिर आउछ। भिडियो हेरौ :

प्रतिकृया दिनुहोस्