एजेन्सी । महिला सब इन्स्पेक्टरले ८० वर्षीय घरबारविहीन र बेसहारा बुजुर्गको ला’वारिस शव एक किलोमिटरसम्म आफ्नो काँधमा राखेर एक प्रहरी हुनुको कर्तव्य पुरा गरेकी छन् । यो घटना भारतको आंध्र प्रदेशको श्रीकाकुलम जिल्लामा पर्ने कासीबुग्गा पलासा क्षेत्रको हो । आइपीएस अशोक कुमारले महिला एसआईको मानवीय दृष्टिकोणको प्रशंसा गर्दै एक ट्विट मार्फत एक भिडियो शेयर गरेका छन् ।
महिला उपनिरीक्षक कोट्टुरु सिरिशाले भारतीय अखबार टाइम्स अफ इण्डियासँग कुराकानी गर्दै भनेकिछन्,”हामीलाई एक अ’ज्ञात व्यक्तिको शवको बारेमा थाहा भयो जसको उमेर ८० वर्षको करिब होला। स्थानीय व्यक्तिका अनुसार उनी भिखारी थिए। खेतको नजिकै रहेको मृत शरीर ल्याउन कुनै सडक थिएन। हामीले गाउँलेहरूलाई अपिल गर्यौं तर कोही अगाडि आएनन् ।”
१२ वर्षिया एक बच्चाकी आमा सिरीशाले भनिन् कि उनको बुबाको सपना थियो कि आफ्नी छोरीलाई पुलिसको वर्दीमा देख्नु । शवलाई काँधमा बोक्ने अनुभवको बारेमा उनले भनिन्, ‘म पुलिस सेवामा जनताको सेवामा भर्ना भएको हुँ। मेरो लक्ष्य भनेको नै समाजमा सेवा दिनु हो । मृतक पनि सम्मानको अधिकारी हो। मैले मेरो कर्तव्य मात्र गरेको हुँ।’
प्रतिकृया दिनुहोस्