Monday, November 30

काठमाडौंमै कोरोनाको त्रा’स: ६ जनालाई टेकु र पाटन अस्पतालको आइसोलेसनमा राखियो

March 12, 2020 455

काठमाडौं । नोबल कोरोना (कोभिड-१९) भाइरसको सं क्र मण हुनसक्ने आशंकामा बिहीबार ६ जनालाई आइसोलेसनमा राखिएको छ। अहिले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वेड भरिएपछि सं क्र मण को आशंका गरिएकाहरुलाई पाटन अस्पताल पठाउन लागिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका ले टेकुमा आइसोलोसनका लागि छुट्याइएको वेड भरिएपछि सं क्र मण को आशंका गरिएकाहरुलाई पाटन अस्पताल पठाउन लागिकएको बताए । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ तथा पाटन अस्पतालमा थप २ जना आइसोलेसनमा राखिएको हो।

उनीहरुलाई बिहीबार नै आइसोलियसनमा राखिएको र नमूना परिक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले बताए। यसअघि कोरोना सं क्र मण सँग मिल्दोजुल्दो लक्षण देखिँदा करिब साढे ४ सयको ल्याब परिक्षण गर्दा एकजना बाहेक कुनैमा पनि कोरोनाका लक्षण पाइएको छैन। एकजनामा लक्षण देखिएकोमा ती व्यक्ति पनि निको भइसकेका छन्।

सेनेटरी प्याडले छात्राको नियमितता वृद्धि
मार्तडी । यहाँस्थित बूढीगङ्गा नगरपालिका–४ स्थित कोटबाडाकी १४ वर्षीया स्वस्तिका नेपाली ८ कक्षामा नियमित अध्ययन गर्ने छात्रा हुन् । उनलाई पहिलोपटक महिनावारी हुँदा गाउँ नजीकै रहेको विद्यालयमा जाने कि नजाने गए पनि कसरी कक्षामा बस्ने र पढ्ने भन्ने चिन्ताले सतायो ।

पहिलोपटक महिनावारी हुँदा स्वस्तिकासँगै विद्यालय जाने र महिनावारी भएका किशोरीलाई सधैँ समस्या हुने गरेको थियो । अहिले यहाँका विद्यालयमा अध्ययनरत किशोरीलाई महिनावारी हुँदा चिन्ता घटेको छ । “पहिले महिनावारी भएका बेला महिनामा तीन–चार दिन स्कूल आउँदैनथ्यौँ”, नेपालीले भने, “महिनावारी भएका बेला विद्यालयमा मानसिक तनावले पढ्ने अवस्था नै हुँदैनथ्यो, अहिले त सजिलो छ स्कूल छोड्नु परेको छैन ।”

नेपाली जस्तै सोही कक्षामा अध्ययनरत छात्रा सङ्गीता रावतले महिनावारी भएका समयमा विद्यालयमा समस्या झेल्दै डरैडरले अध्ययन गर्दै आए । पछिल्लो समय विद्यालयमा निःशुल्क सेनेटरी प्याड दिएपछि महिनावारी हुँदा भोग्नुपर्ने समस्या हटेको खुशी भएको बताए । छात्रा महिनावारी भएको बेला शारीरिक समस्या हुने र पठनपाठनमै समेत असर पर्नाका साथै मानसिकरुपमा तनाव भोग्नुपर्ने अवस्था रहेको राजेन्द्र आधारभूत विद्यालयका शिक्षिका प्रभु शाहले बताए ।

उहाँले महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने आए पनि कक्षा छाडेर घर फर्किने गरेका गुनासो गरे । अहिले विद्यालयमा छात्राका लागि निःशुल्क सेनेटरी प्याड वितरण हुने गरेकाले महिनावारी भएका बेलामा पनि छात्राले विद्यालयमा नियमितता दिएका उनले बताए । महिनावारी भएका बेला छात्राका लागि सेनेटरी प्याड, महिनावारी हुँदा हुने समस्याका लागि आवश्यक औषधि, विद्यालयमै बिरामी हुँदा आरामकक्षको व्यवस्था र महिनावारी हुँदा नियमित सरसफाइमा ध्यान दिनुपर्छ भनेर विद्यालयले विभिन्न जनचेतना जगाउँदै आएको छ ।

विद्यालयमा महिनावारी हुने छात्राका लागि सेनेटरी प्याडदेखि लिएर सरसफाइका सबै सामग्री विद्यालयले उपलब्ध गराएपछि महिनावारी भएका बेला छात्राको विद्यालयमा नियमितता बढेको राजेन्द्र निम्न माविका प्रधानाध्यापक नृगसिंह नेपालीले बताए । पछिल्लो समय महिनावारी भएका छात्राले सहजै रुपमा विद्यालयमा राखिएका सेनेटरी प्याड माग्ने गरेको थुमा माविका प्रधानाध्यापक पूर्ण खातीले बताए ।

प्रतिकृया दिनुहोस्