Friday, March 5

पारसले भने ‘हाम्रो सम्बन्ध भगवान जाने’

February 16, 2021 63

काठमाडौं । एक जमानामा कपालको चुल्ठो बाटेर होटल- होटलमा मान्छे कुट्दै हिँड्ने पूर्वयुवराज पारस शाहको ह’त्कडी लगाएको तस्वीर प्रकाशित हुँदा धेरैले उनी पारस नै हुन् भनेर पत्याएनन् । झट्ट हेर्दा अफ्रिकातिरको जस्तो देखिने पारसको सकलले धेरैलाई झु’क्यायो, के उनी पारस नै हुन् त ? कतिपयले त यो पारसको तस्वीरै होइन भन्ने दाबीसमेत गरे ।

ह’त्कडीसहितको तस्वीर प्रकाशित हुँदा पनि धेरैलाई पारस शाहको यस्तो हालतबारे पत्यार लागेन । तर, वास्तविकता कसैले नस्वीकारे पनि वास्तविकता नै थियो । पूर्व युवराज पारसलाई यो हालतमा देखेर कतिपयलाई दुख लाग्यो होला, कतिपयलाई रमाइलो पनि लागेको जस्तो देखियो । पूर्वराजा, पूर्वरानी कोमल, औपचारिक पत्नी हिमानी र छोराछोरीले कसरी हेरे होलान् पारसको यस्तो तस्वीर ?

मान्छेमा जति पनि रौनक, ओज वा आउँछ, त्यसमा सत्ताको निर्णायक हात हुँदोरहेछ भन्ने कुरा हिजोका युवराज पारस र आजका गँ’ज’डी पारसले स्पष्ट भेद छुट्याइदिएको थियो । पारस शाहको हालत यस्तो हुनुमा कसको दोष होला ? यो प्रश्नमा कतिपयले निर्मल निवासलाई अर्थात पारसका पितालाई दोष दिन खोजेका छन् । तर, वास्तविकता भन्ने हो भने पारसको यो नियति हुनुमा अरु कसैको नभएर उनको आफ्नै दोष छ ।

विगतमा पनि यिनै कुनै गतिलो चरित्रका मान्छे होइनन् । ज्ञानेन्द्रले उनलाई युवराजधिराज घोषणा गर्दाखेरि नै जनताले व्यापक विरोध गरेकै थिए । खान नपाएर हजारौं नेपाली युवाहरु खाडी मुलुकमा र’गत र प’सीना ब’गाइरहेका बेला पारसचाँहि धेर खा’न पाएर मा’त्ति’एर गँ’ज’डी ब’नेका हुन् ।

गरीबहरुलाई जीवनबारे सोच्ने फुर्सद हुँदैन तर, शहरमा बस्ने प्रायः सम्भ्रान्त वर्गका युवाहरु ला’गू’ औ’ष’ध’को कु’ल’त’मा लाग्ने गरेका छन् । यही कु’ल’तको प्रतिनिधि वर्ग र पात्र हुन् पारस शाह । उनी गु’ण्डा’गर्दी ग’र्ने गँ’ज’डीहरुका युवराज नै हुन् । च’री’भन्दा कम होइनन् उनी । रुबेल चौधरीमाथि कुनै चरीले चितवनमा गो ‘ली च’ला’एको’ भ’ए पारसले जस्तो छुट पाउने थिएन । त्यसैले पारस बिग्रिनुमा अरु कसैको कमजोरी नभएर उनको आफ्नै देखिन्छ ।

पारसको विषयमा कुरा गर्दा एउटा महत्वपूर्ण राजनीतिक विषय पनि सान्दर्भिक बनेर आउँछ । कमल थापा लगायतले नेपालमा राजतन्त्र फर्काउने जुन कुरा गरेका छन्, त्यसरी राजतन्त्र फर्कियो भने पारस उनीहरुका ‘सम्भावित राजा’ हुन् ।

ज्ञानेन्द्रको स्वास्थ्य आराम गर्नुपर्ने अवस्थामा पुगिसकेको छ, अझ पारसको शरीर हेर्दा पिताको भन्दा धेरै खराब छ । आफूलाई यस्तै अवस्थामा राख्ने हो भने पारसको आयु खासै लामो जाने देखिन्न । तर, पारसले आफूलाई कुलतबाट मुक्त राख्ने सम्भावना पनि छैन ।

पूर्वराजावादीहरुलाई ‘राजा’ को संकट पर्न थालेको छ । हृदयेन्द्रलाई राजा बनाउन अझै १६/१७ वर्षसम्म कुर्नुपर्ने हुन सक्छ, तर, त्यसबेलासम्म उनी राजा हुन्छु भन्ने संस्कारमा हुर्कने सम्भावना देखिन्न । त्यसैले पारसको दयनीय अनुहारले नेपालमा राजतन्त्र फर्काउनुपर्छ भन्नेहरुलाई कुरी कुरी गरिरहेको छ । कसलाई बनाउने राजा ? त्रानेन्द्रपछि कसलाई बनाउने ? पारसलाई ? उनका सकल हेर्दा राजा हुने जस्तो देखिन्छ र ? देखिँदैन ।

पारस शाह जति नै उ’द्दण्ड भए पनि उनकी पत्नी हिमानी इमान्दार मानिन्छन् । तर, यतिबेला उनको र पारसको औपचारिक सम्बन्ध छुटिसकेको छ । पारसको बिगँदो हालत वा सप्रँदो, दुबै अवस्थामा पनि हिमानीले उनीबाट सुखानुभूति गर्न पाएकी छैनन् ।

नेपालीहरु विश्वमा इमान्दार नागरिकका रुपमा चिनिन्छन् । तर, देशमा बस्दा पनि सबैलाई दुःख दिइरहने पारसले बैंककमा बसेर नेपाल र नेपालीको पहिचान धमिलो बनाए । सार्वजनिक कार्यक्रमहरुमा पनि मायालाग्दो हुलियामा देखिन्थे उनी । नेपाल बसाइका क्रममा उनको उ’द’ण्ड व्यवहार ठप्पै रोकिएको थियो । उनी कहिले परिवारसँग रेस्टुराँमा देखिन थालेका थिए भने कहिले मन्दिर र आश्रममा । थाइल्यान्ड बसाइका क्रममा चलेको अफेयर्सको प्रभावले श्र्रीमती हिमानी शाहसँग उनको सम्बन्ध सुध्रन सकेन । छोराछोरीसँग घुम्न निस्किएको तस्बिरले उनमा अभिभावकको दायित्वबोध भएको देखिन्थ्यो ।

तर उनको यो छवि लामो समय टिक्न सकेन । केहि समय अघिको घटनाले शाहज्यादाबाट युवराज हुँदै पूर्वयुवराज भएका पारस वीर विक्रम शाहमा चौवन्न ठक्कर त्रिपन्न घुस्सापछि पनि कुनै परिवर्तन हुन नसकेको र उस्तै उ’दण्ड रहेको देखायो ।

सार्वजनिक भएको घटना सामान्य नै हो तर लुकाएको पाटो भने निक्कै ग’म्भीर छ । दिउँसो बा १४ च २१३१ नम्बरको गाडीले ट्राफिक नियम उल्लंघन गर्दै जाउलाखेलबाट हुइँकिएपछि सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले उनले चलाएको गाडी नियन्त्रणमा लिएर पाँच सय जरिवाना तिराएको थियो ।

अनियन्त्रित रुपमा चलाएको गाडी ट्राफिकले जाउलाखेलमै नियन्त्रणमा लिन खोज्दा उनले अटेर गरे । गाडी हु’त्तिदै थापाथली आइपुग्दा ट्राफिकले नियन्त्रणमा लिएर ब्लुबुक र लाइसेन्स नियन्त्रणमा लियो र पाँच सयको चिट का’ट्यो । सार्वजनिक भएको घटना विवरण यत्ति हो ।

पारसको गाडी नियन्त्रणमा लिएर चिट का’ट्ने ट्राफिक प्रहरीको खोजीका क्रममा खुल्यो, त्यस दिनको अर्को ग’म्भीर पाटो । जसले बाहिर आएझैँ सो दिन पारसले ट्राफिक नियम उल्लंघन मात्र नगरेको बरु ह ‘त्या प्र’या’सै गरेको पोल खुल्यो । पारसको स’न्काहापनले १८ वर्ष अगाडिको प्रवीण गुरुङ का’ण्ड दोहोरिँदै थियो थापाथलीमा । सावधानी नअपनाएको भए पारसको झोँ’कको दोस्रो सिकार हुन्थिन्, थापाथलीमा कार्यरत ट्राफिक प्रहरी जवान सुष्मा चौधरी ।

निर्देशनअनुसार गाडी रोकेर चौधरीले कागजपत्र माग्दासम्मको अवस्था सामान्य नै थियो । जब उनले कागजपत्र लिएर अलि पर पुगिन्, पारसले उनीतिरै ताकेर स्पिडमा गाडी चलाए । आइल्यान्ड पार गरिसकेकाले उनलाई गाडीले भेटेन र मात्र उनी जोगिइन् ।

‘चालकको नामको ठाउँमा पारस वीर विक्रम शाहदेव लेखेको पढ्नासाथ एकछिन त के गर्ने के गर्ने भयो,’ उनले भनिन्, ‘चालक गाडीभित्र रिसले आगो भइसकेका थिए । गाडीभित्रै स्टेयरिङ नजिकै हातले जोडजोडले हानिरहेका थिए ।’

चौधरीले शुक्रबारलाई त्यो दिनको दृश्य सुनाइन्, ‘एकछिन टाइम लाग्छ है, म माथि सोध्छु भनेर अलि पर गएँ । कुपन्डोल जाने साइडतिरको गाडी छोडेपछि पारसको गाडी स्पिडमा हामी भएतिर आयो । गाडी आएको स्पिड देख्दा त ‘लौ हान्यो !’ भन्ने लागेको थियो तर आइल्यान्डमाथि बसेकाले धन्न लागेन । मेरो डकुमेन्ट घरमा पुर्याउन आइज’ भन्दै उनले गाडी माइतीघरतर्फ हुइँक्याए ।’

दुई वर्षदेखि थापाथलीमा ट्राफिक व्यवस्थापनमा खटिँदाको अनुभवले कहाँ बस्दा सुरक्षित होइन्छ भन्ने जानकार थिइन् चौधरी र जोगिइन् तर १८ वर्षअगाडि उनै पारसको सन्काहापनले एक गायक तथा संगीतकारको ज्यान गएको थियो, ठाउँका ठाउँ सडकमा ।

घटना २०५७ साउन २२ को हो । पारसले चलाएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चलाइरहेका गायक तथा संगीतकार प्रवीण गुरुङ मा’रिएका थिए । शक्तिमा रहेको दरबारले त्यसबेला नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो ।

घटनाको दिन दरबारको दक्षिणी ढोकामा ल्यान्डक्रुजर गाडीले गुरुङ चढेको मोटरसाइकललाई ठक्कर दिएर केसरमहल, लाजिम्पाट, पानीपोखरी हुँदै निर्मल निवास छिरेको थियो । गाडी नम्बरका आधारमा प्रहरीले खोज्दा गाडी महेन्द्र प्रकृति संरक्षण कोषको रहेको खुल्यो । दरबारको सोधखोजमा गाडी पारसले चलाएको देखियो ।

तात्कालीन नेकपा एमालेको युवा संगठनले पारसको शाहज्यादा पदवी खोस्न र कारबाही गर्न पाँच लाखको हस्ताक्षर बुझाए पनि चालकको रुपमा खड्गबहादुर भुजेलको नाम सार्वजनिक भयो । बदमासी पारसले गरेको पक्कापक्की भए पनि केस त्यत्तिकै सेलायो । यो घटनाका बेला नारायणहिटी दरबारमा कार्यरत शाही पाश्र्ववर्ती विवेककुमार शाहले पुस्तकमार्फत् सो घटना गराउने पारसै भएको पुष्टि गरिदिए ‘मैले देखेको दरबार’ पुस्तकमार्फत् ।

पुस्तकमा उनले लेखेका छन् :

प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले फोन गरेर भन्नुभयो, ‘दरबारको दक्षिण ढोकाअगाडि आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक गायक प्रवीण गुरुङको घटनास्थलमै मृत्यु भयो । दुर्घटनापश्चात् मोटर नरोकिई तेज गतिमा भा’गेर निर्मल निवासमा छि¥यो । उहाँले ल्यान्डक्रुजर मोटरको नम्बरसमेत दिनुभयो । तत्कालै महाराजाधिराजमा यो कुरा जाहेर गरेँ । सरकारबाट ‘माइला भाइ (अधिराजकुमार ज्ञानेन्द्र) लाई फोन गरेर तुरुन्त बुझ’ हुकुम भयो । ज्ञानेन्द्र सरकारलाई फोन गरेँ । सरकारलाई पनि यसबारे केही जानकारी रहेनछ । ‘म बुझेर खबर गर्छु’ हुकुम भयो । आधा घन्टापछि ज्ञानेन्द्र सरकारले फोन गरेर हुकुम भयो, ‘विवेक, यस इट् इज हिम, त्यो मोटर पनि हो र पारसले चलाएको रहेछ, अब यो समस्या कसरी समाधान गर्ने, उपाय निकाल ।’

१८ वर्षको अवधिमा शक्ति सन्तुलन परिर्वतन भइसक्यो । राजतन्त्रको अन्त्य भयो । दरबार का’ण्डसँगै शाहज्यादाबाट युवराज भएका पारस पूर्वयुवराज भइसके । नारायणहिटी दरबार संग्रहालयमा परिणत भइसक्यो । राजा ज्ञानेन्द्र शाह, गद्दीच्युत हुँदै निर्मल निवास पुगे । तर पारस उस्तै देखिए, उदण्ड र सन्काहा अनि व्यवहार गर्न नजान्ने घमण्डी व्यक्ति ।

उदण्डताको श्रृंखला

पारसको वि’वादको श्रृंखला लामै छ । शाहज्यादा हुँदादेखि सुरु भएको उनको वि’वा’दको यात्रा पूर्व युवराज हुँदासम्म रोकिएको छैन । कुलतबाट निकाल्न सुधार केन्द्रमा बसे पनि उनमा सुधार देखिएको छैन । ग’म्भीर बिरामी भएसँगै एक महिना लामो अस्पताल बसाइपछि उनले दोस्रो जन्म पाए तर उनको ‘ब्याड ब्वाई’को व्यवहारमा सुधार आएको बिल्कुलै देखिएको छैन ।

तात्कालीन राजा वीरेन्द्रको वंशै नास हुनेगरी भएको दरबार का’ण्डमा बाबु ज्ञानेन्द्र शाहसँगै उनी पनि आशंकामा तानिएका थिए । घटनाको ग’म्भीर अनुसन्धान नहुँदा न उनको संलग्नता खुल्यो न आशंका नै हट्यो ।

गणतन्त्र घोषणापछि पनि उनको उदण्डताको क्रम जारी नै रह्यो । २०६७ फागुन २८ मा चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरीसँग उनको जम्का भेट हुँदा गो ‘ली नै च’लाए । घटनापछि पोखराको फूलबारी रिसोर्टमा आएर बसेका पारसलाई प्रहरीले होटलबाटै नियन्त्रणमा लिएर हेलिकप्टरमा चितवन लगेको थियो । उनीमाथि सार्वजनिक अ’परा’ध अभियोग लागे पनि ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा रिहा भएका थिए ।

२०६८ जेठमा उनले बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहलाई कु ट पि ट गरेको घटना सार्वजनिक भएको थियो । २०६६ भदौमा उनी जाली भारतीय रुपैयाँको कारोबारमा जोडिए । भारत मध्य प्रदेशबाट नक्कली भारतीय रुपैयाँसहित नेपाली नागरिक अतिक मोहम्मद र भारतीय राजेश गुप्ता पक्राउ परेपछि भारतीय मिडियाले जा ली भारतीय रुपैयाँको कारोबारमा पारसको नामसमेत जोडेका थिए । बैंककमै रहँदा उनले आफू असुरक्षित रहेको भन्दै त्यहाँको नेपाली दूतावासमा निवेदनसमेत दिएका थिए ।

यता बस्ने वातावरण नभएपछि ०६७ भदौ ११ मा सिंगापुर हुँदै थाइल्यान्ड पुगे पनि उनको उदण्डता र विवाद रोकिएन । चार पटक लागूऔषधसहित पक्राउ परे उनी । हृदयाघात भएर कोमामा पुगेपछि अस्पतालमा एक महिनाको उपचारपछि बौरिए र नेपाल फर्किए ।

थाइल्यान्डमा थाई युवती कन्निका चाइसानसँगको सम्बन्धले समेत उनी विवादमा छाएका थिए । पारस–कन्निका सम्बन्धको खुलासापछि नेपालमा रहेको परिवारसँगको उनको सम्बन्ध चिसिएको थियो । उनी नेपाल फर्किएपछि पनि कन्निकाले पछ्याउन भने छाडेकी छैनन् । उनले सामाजिक सञ्जालमा दुवैको अन्तरंग तस्बिर सार्वजनिक गर्दै आएकी छन् ।

पारिवारिक जमघटमा पहिला त्यत्ति धेरै नदेखिने पारस पछिल्लो समय ज्ञानेन्द्र, कोमलसँगको पारिवारिक जमघटमा सँगै देखिने गरेका छ थिए । क्लबहरुमा छोराछोरीसहित पुग्ने गरेका थिए । लामो समयदेखि पारस र हिमानी सँगै देखिएका थिएनन् ।

पूर्व राजकुमार पारस शाह र मोडल सोनीका रोकायाको जोडीको बारेमा धेरै थरिका गसिपहरु सामाजिक संजालमा आजकल चल्ने गरेका छन् । जब पारस शाह सोनीकाको क्लबको उदघाटनमा पुगे, यी दुई बिचको गसिप बन्न थाल्यो र जब पारसले सोनीकालाई लिएर मनाङ्ग सम्म घुम्न पुगे, धेरैले आ-आफ्नो तरिकाको अनुमान लाउन थाले ।

पारस शाहको पैसाको लागि सोनीका पछि लागेकी देखि सोनीकाले गर्दा पारस शाहले श्रीमती हिमानी शाहसंग डिभोर्स सम्म गर्ने हल्ला समेत सामाजिक संजालमा चल्न थाले । अहिले सामाजिक संजालमा पारस शाह र सोनीकाको लभ अफेयर चलिरहेको छ भन्ने गसिप चलिरहेको छ । यहि विषयमा पारसले भनेका पनि थिए कि ‘हाम्रो सम्बन्ध भगवान जाने’ ।

अघिल्लो बर्षको सुरुआततिर गोरखामा हिमानी ट्रष्टले बनाएको विद्यालयको भवन उद्घाटनका क्रममा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह आमने सामने थिए । पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाहले उद्घाटन गरेको नयाँ भवनको औपचारिक कार्यक्रममा पति पत्नीको जम्काभेट भएको थियो । लोकलाई देखाउनका लागि उनीहरूबीच साधारण संवाद भयो त्यो त्यसअघिको एक दशक र त्यसपछि हालसम्मका लागि दुर्लभ दृश्य थियो ।

राजतन्त्र अन्त्य भई गणतन्त्र घोषणा हुनासाथ पारस प्रेमिका कन्निकासँग थाइल्यान्डमा लामो समय बसे । सोही बेलादेखि पारस–हिमानीको सम्बन्धमा खटपट देखिएको थियो । ‘आम नेपाली नारीजस्तै राजपरिवारको भए पनि पुर्वयुवराज्ञीलाई ति विविध घटनाक्रमले केही नमिठो बनाएको थियो । हालसम्म पनि यो क्रम चलिरहेको छ, जसले सम्बन्धमा सुधार आउला भन्ने देखिँदैन’, निर्मलनिवास स्रोतले भन्यो,‘आजभोलीका समाचार, तस्बिर र घटनाक्रमले पनि त्यहि देखाउँछ ।’ थाइल्यान्डमा लागुऔषध प्रयोग गरेको अभियोगमा पारसलाई त्यहाँको प्रहरीले हिरासतमा राखेपछि छुटाउनका लागि हिमानी पुगेकी थिइन् । उनले पारसलाई रिहा गराए पनि सँगै बसिनन् र सँगै काठमाडांै पनि फर्किनन् ।

‘त्यसबेला देखिएको त्यो परिदृश्य नै सम्बन्धमा नजिक नभएको भन्ने स्पष्ट चित्र थियो’, हिमानी नजिक रहेर काम गरिरहेकी एक जना महिला भन्छिन्,‘उहाँ (हिमानी) त्यसपछि सामाजिक काममा सक्रिय हुनुभयो र हिमानी ट्रष्टमार्फत अलग बाटो समात्नुभयो ।’पारस–हिमानी नजिक नहुनुको एउटा तर महत्वपूर्ण कारणचाहिँ धार्मिक अन्धविश्वास पनि रहेको बताइएको छ । धार्मिक माताको नाममा काम गरिरहेकी सविता नामकी महिलाले हिमानीलाई केही बर्षसम्म पारससँग बस्न नहुने सुझाव दिएकी थिइन् । सोही सुझावले नेपालमा रहँदा पनि पारसको निर्मलनिवास प्रवेशमा ब्रेक लगायो ।

झन्डै एक दशकभन्दा लामो समयदेखि पारस–हिमानीको भौतिक सम्बन्ध नभएको देखिन्छ । भावनात्मक सम्बन्धमा पनि चढाव छैन बरु उतार मात्रै छ । केही बर्षदेखि पारस नेपालमै भए पनि हिमानीसँग नजिक हुने अवसर पाएका छैनन् । एक हिसाबले उनलाई निर्मलनिवासमा हिमानी भएका बखत प्रवेशमा निषेध छ । निर्मलनिवास स्रोत भन्छ,‘राजतन्त्रको अवसान भएका दिनदेखि नै पारसको पारिवारिक जीवन पनि परिवर्तन भयो । एक हिसाबले झन्डै डेढ दशकदेखि उनी पत्नी हिमानीसँग भावना, संवेदना, प्रेम र भावुकतासँग रुमल्लिन पाएका छैनन्, यो उनकै कारणले निम्तिएको नियती हो । त्यसैले बाहिर अफेयरका कुरा आइरहेका छन् ।’हिमानीसँग नजिक हुन नपाएका पारस पछिल्लो समय भने विवादीत युट्युवर सोनिका रोकायासँग अफेयरमा रहेका पर्याप्त कारण र उदाहरण छन् । दरबारमार्गको एउटा रेष्टुरेन्ट उद्घाटन गरेका पारसको रोकायासँगको आलिंगनको तस्बिर बाहिरियो । अफेयरका चर्चा चल्न थाले ।

यस विषयलाई थामथुम गराउने कोशीश गरिए पनि पारस–रोकायाको सम्बन्धको पारो चढिरहेकोचाहिँ अन्नपूर्ण बेस क्याम्पदेखि पोखराको लामो बसाईसम्मका विवरणले छताछुल्ल बनायो । नेपालमै बसेका तर परिवार र पत्नीसँग नजिक हुन नपाएका पारस छोराछोरीसँग भने अधिक सामिप्यमा छन् । हिमानी नपुगे पनि पारसको गएको जन्मदिनमा दुई छोरी र एक छोरा पोखरामा पुगेका थिए ।

केहि समय अगाडी हिमानीसँग टाढा र रोकायासँग गाढा प्रेममा पारस रहेको खुलासा आलिंगनमा बाँधिएका तस्बिर र भिडियोले सनसनी बनाएको थियो भने सोनिकाको जन्मदिनको अवसर पारेर उपहारमा दिइएको हिराको हार पनि चर्चामा थियो । ‘कुनै आम मानिस, साथी वा सहयोगीका लागि उपहार दिने तरिका, उनीसँगको सम्बन्धलाई देखाउने तरिका नै फरक हुन्छ । तर, पारसले नीजि प्रेमिकाका हिसाबले नै सोनिकासँग गरिएका व्यवाहारलाई बाहिर ल्याइरहेका छन्’, स्रोतले भन्यो,‘यसले उनको बाहिरी अफेयरलाई प्रष्ट बनाएको मात्र छैन, पत्नीसँग सम्बन्ध सुधार छैन भन्ने स्पष्ट पार्छ ।’

प्रतिकृया दिनुहोस्