भारतले देशमा २१ दिनदेखि जारी लकडाउन थपेको छ। उसले मे ३ (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेको छ। देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन्।विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने ।
आर्थिक दृष्टिबाट हेर्दा लकडाउन यो निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना यसलाई नसकिने मोदीले बताए । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन बढाउन राज्य सरकारहरुले माग गरेका थिए। केही राज्यले आफै लकडाउन बढाइसकेका छन्। उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने बताएका छन्।हालसम्म भारतमा करिब साँढे १० हजार कोरोना संक्रमित रहेको पुष्टि भएको छ भने । ३५० भन्दा धेरैको निधन भएको छ।
प्रतिकृया दिनुहोस्