Sunday, March 7

नेपाली सेना सवार बस दुर्घटना, १२ जना गम्भीर घाइते

February 15, 2021 74

बाँके – जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १२ जना गम्भीर घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार रहेकामा १२ जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो । गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगन्ज राझातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो पनि : नेपाली सेनामा नीतिगत र कानूनी सुधार

राष्ट्रिय सुरक्षा नीति, २०७५ जारी भई कार्ययोजना बनाएर लागू गरिएको, राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ पारित भएको तथा सैनिक सेवा नियमावली, २०६९ संशोधनलाई मुख्य उपलब्धिका रूपमा हेरिएको उहाँले बताउनुभयो । विसं २०६० अघि र पछि भर्ना भएका सकल दर्जाबीचमा निवृत्तीभरणमा रहिआएको विभेदलाई नियमावली संशोधनमार्फत अन्त्य गरी तहगतरूपमा सिपाही र फलोअर्स १६ वर्ष, हुद्दा १७, जमदार १८, सुवेदार १९ र अधिकृत वा सोभन्दा माथिका हकमा २० वर्ष कायम भएको छ । उक्त व्यवस्थाबाट सकल दर्जालाई उत्साहित तुल्याएको छ । संशोधित नियमावलीले स्वेच्छिक अवकासमा गएका व्यक्तिले निवृत्तीभरण (पेन्सन)को रकम भने भर्ना भएको सैनिक सेवामा प्रवेश पाएको मितिले २० वर्ष पुगेपछि मात्र पाउने व्यवस्था गरिएको छ ।

सुरक्षा र प्रतिरक्षा प्रणालीलाई समयको परिवर्तनसँगै सुदृढ र सबल बनाउँदै मुलुकमा शान्ति सुरक्षाका साथ सर्वाङ्गीण मानवीय सुरक्षा, आर्थिक विकास र समृद्धिका लागि उपयुक्त वातावरणको प्रत्याभूति गर्ने कार्यमा मन्त्रालयले विशिष्ट योगदान पुर्याउँदै आएको छ ।

विपद् व्यवस्थापनमा क्षमता अभिवृद्धि, कोभिड–१९ महामारी नियन्त्रण प्रतिकार्य, वातावरण, प्रकृति तथा प्राकृतिक सम्पदा संरक्षण, सैनिक स्वास्थ्य सेवा विस्तार, मानवअधिकार संरक्षण र प्रवद्र्धन, सैनिक–नागरिक सम्बन्ध विस्तार, अन्तर्राष्ट्रिय शान्ति प्रवद्र्धन, खेलकूद र सडक पूर्वाधार विकास एवं विस्तारमा तीन वर्षमा महत्वपूर्ण काम सम्पन्न भई उपलब्धि हासिल भएको तथ्याङ्कले पुष्टि गरेको छ । द्विपक्षीय सहायता आदान–प्रदान, भूकम्पपछिको पुनःनिर्माण र बेरुजु फछ्र्योटमा पनि यो अवधिमा ठूलो उपलब्धि हासिल भएको छ ।

प्रतिकृया दिनुहोस्