Saturday, February 27

यी हुन् गायिका अन्जु पन्तका हुनेवाला श्रीमान, तस्विर सेयर गर्दै लेखिन् भावुक स्टाटस

February 15, 2021 65

काठमाडौं । प्रणय दिवसका अवसरमा गायिका अन्जु पन्तले आफ्नो हुनेवाला श्रीमानबारे गम्भीर खुलासा गरेकी छिन् । उनले आफूलाई थिर कोइरालाले चोखो प्रेम दिएको बताएकी हुन् । प्रेम दिवसको अवसरमा कुरा गर्दै अन्जुले एउटा किताबमा सयौं पेज हुन्छ । त्यसमा सयौं कहानी र घटना हुन्छन् । सोचेको भन्दा नसोचेको घटना आइलाग्छ ।

म पनि आफै अचम्मि छु, बिहे गर्दिनँ भनेर हिडेकी थिएँ भनेकी छिन् । अन्जुले थिरलाई आफूले नजिकबाट चिनेको ४ बर्ष भएको जानकारी दिइन् । अन्जुले आफूलाई थिरले चोखो प्रेम दिएको पनि स्पष्ट पारेकी छिन् । बिहेको बिषयमा उनले आफुहरु ४ बर्षदेखि नजिक भएको भन्दै भनिन्, ‘बिहेको कुरा अगाडि बढेको गत बर्षबाट मात्र हो ।

परिवारसँग कुरा गरेर अगाडि बढ्ने सहमती गरेर हामीले एक हुने निर्णय गर्यौं । बिहे कहिले गर्ने भन्ने कुरा त पछि थाहा भैहाल्छ ।’ अगाडि थप्दै अन्जुले थिरमा इष्र्या, डाहा र छटपटी केही पनि नभएको बताएकी छिन् । थिरको शान्त स्वभावको बानी नै आफूलाई मन परेको उनले सुनाइन् ।

आफ्नो प्रणय दिवस विशेष भैरहेको बताउँदै पन्तले सबैको जीवनमा प्रेमको महत्व हुने भए पनि पछिल्लो समय भ्यालेन्टाइन डेलाई फेसनको रुपमा मानिसहरुले लिइरहेको जनाइन् । उनको नजरमा प्रेम दिवस फेसन मात्र होइन । पन्तले किशोर अवस्थामा हुने प्रेम र अहिलेको प्रेममा आफुले फरक पाएको पनि खुलासा गरिन् ।

गायिका पन्तले प्रेममा माया, इज्जत, आदरणिय कुरा हुने भन्दै यो कुरालाई वुझेका जोडीको प्रेम सफल हुने उल्लेख गरिन् । उनले प्रेम, सद्भाव, इज्जत र फिक्री अझै बढी हुनेपर्ने भन्दै भनिन्, ‘दुबैमा एकले अर्कोलाई सम्मान पनि गर्नुपर्छ ।’ तपाईंलाई जानकारी गराउ कि थिर कोइरालाले यस भन्दा पहिले आफु र अन्जु पन्त विवाह बन्धनमा बाँधिन लागेको कुरा बताइसकेका छन् । उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्