Friday, March 5

ज्ञानेन्द्र शाहीलाई राजावादी भनेपछि पत्रकार संग पर्यो चर्काचर्की, रामकुमारी झाँक्रीको झाँको झारे (भिडियोसहित)

February 15, 2021 79

काठमाण्डौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई धेरैले राजाबादी भन्ने आरोप लगाउँदै आईरहेका छन् । यद्यपी उनले भने यो केवल आरोपकालागी आरोप मात्र भएको बताउँदै आफु राजाबादी नभएको बताएका छन् । उनले एक अन्तरवार्तामा प्रश्नकर्ताले सोधेको प्रश्नमा जवाफ दिंदै आफु राजाबादी नभएको बताएका हुन् । ‘मैले राजा आऊ देश बचाऊ भनेर नारा लगाएको देख्नु भएको छ ? मैले कहिल्यै राजा नै चाहिन्छ भनेर भनेको सुन्नु भएको छ ?’ शाहीले भने ।

अभियन्ता शाहीले नेतृ राम कुमारी झाँक्रि प्रक्राउ परेको विषयलाई मिडिया र राजनीतिक दलले प्राथमिकता दिएको भनेर त्यसको चर्को विरोध गरे । उनले भने,‘यो लोकतन्त्रमा कतिजना जनताहरु पक्राउ परे त्यतिबेला कहाँ गएकी थिईन् राम कुमारी झाक्रि ? अनि के हेरेको थियो मिडियाले र किन केही बोलेनन् विभिन्न राजनीतिक दलहरुले ?’ शाहीले अगाडी भने,‘आज राम कुमारीलाई प्रहरीले समात्यो भनेर देशै उचाल्ने ? के अरु नेपाली जनता राम कुमारी जस्तै यो देशका नागरिक हैनन् ?’

शाहीले प्रधानमन्त्री ओलीको पनि आलोचना गर्न पछि परेनन् । उनले यो देशमा ओली प्रधानमन्त्री भएर के गरे भन्ने प्रश्न गर्दै भने,‘प्रधानमन्त्री ओली भएर देश र जनताकोलागी के भएको छ ? शेर बहादुर प्रधानमन्त्री भएर के भयो ? प्रचण्डको त कुरै नगरौं । यो देश अहिले केवल ओलीमय र प्रचण्डमय बनेको छ ।’ शाहीले योभन्दा अगाडी पनि प्रधानमन्त्रीको चर्को आलोचना गर्दै आईरहेका थिए । उनले वर्तमानदेखि पुर्व प्रधानमन्त्रीहरु समेतले यो देशकोलागी केही नगरेको बताए । भिडियोसहित

प्रतिकृया दिनुहोस्