Saturday, January 16

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना पोजिटिभ

April 13, 2020 321

काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍या’पिड डा’यग्नोस्टिक टे’स्ट कि’टमा परिक्षण गर्दा को’रोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई को’रोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भ’र्ना गरिएको छ ।उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ। अपार्टमेन्टमा बस्ने तीनजनालाई को’रोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च स’तर्कता अप्‍नाएको छ।

प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ। उक्त परिवार चैत ५ गते लण्डनबाट फर्केको थियो। उनीहरुलाई संक्रमण देखिएकाे बारे मन्त्रालयले अ‌ाैपचारिक जानकारी भने दिएकाे छैन ।सो अपार्टमेन्टमा एक हजारभन्दा धेरै मानिस बस्ने गरेका छन् । सो अपार्टमेन्टमा पुगेर स्वास्थ्य अधिकारीहरु तथा प्रहरीले उनीहरुको ट्राभल हिस्ट्री तथा सम्पर्कबारे जानकारी लिँदैछन् ।

प्रतिकृया दिनुहोस्