Friday, January 22

कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केपछि जोया मोरानीले इन्स्टाग्राममा यस्तो लेखिन्

April 13, 2020 273

काठमाडौं, १ बैशाख । कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएर बलिउड निर्माता करीम मोरानीका छोरी तथा बलिउड अभिनेत्री जोया मोरानी घर फर्किएकी छन् । ६ अप्रिलमा कोरोना संक्रमण देखिएपछि जोया ७ अप्रिलमा मुम्बईको कोलिनाबेल अम्बानी अस्पतालमा भर्ना भएकी थिइन् ।

अन्ततः उनी निको भएर घर फर्किएको खबर उनले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । जोयाले शेयर गरेको तस्विरमा मेडिकल मास्क लगाएकी छन् भने पृष्ठभूमिमा अस्पतालका स्वास्थ्यकर्मी देखिइन्छन् ।तस्विरसंगै जोयाले लेखेकी छन्, ‘वारियर्सलाई गुडबाई भन्ने समय आएको छ, उसलाई स्मृतिमा सधैं सम्झिरहनेछु । गुडबाई आइसोलेशन आईसीयू, अबको समय होस स्वीट होम को हो ।’

डिस्चार्ज हुनुभन्दा पहिला जोयाले वरुण धवनसँग अस्पतालबाटै इन्स्टाग्राम लाइभ सेशन गरेकी थिइन् । यो सेशनमा उनले आफ्नो स्वास्थ्यामा तीव्र सुधार भइरहेको बताएकी थिइन् । ‘मलाइ सास फेर्दा असजिलो हुने अस्पताल भर्ना भएको भोलिपल्टै ठिक भएको थियो । थोरै ज्वरो थियो । अस्पतालमा मलाइ घरभन्दा पनि राम्रो महशुस भयो ।’

जोया भन्दा पहिला उनकी बहिनी शाजा कोरोनाबाट ठिक भएपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । तर उनका बुवा करीम मोरानी अहिले पनि कोरोनाको उपचार गराइरहेका छन् । मोरानी परिवारमा सबैभन्दा पहिला शाजालाई कोरोना संक्रमण भएको थियो ।

प्रतिकृया दिनुहोस्