Sunday, January 24

नेपालका लागि दुखद खबर : थप व्यक्ति कोरोना पोजेटिभ, संक्रमितको संख्या १४ पुग्यो

April 13, 2020 2647

कैलाली । सुदूरपश्चिमको कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाका अनुसार लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलालाई र्यापिड टेष्टमा कोरोना नेगेटिभ देखिएको थियो तर राष्ट्रिय जन–स्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

उनी परिवार सहित वीरगञ्जबाट फर्किएकी बताइएको छ । अस्पतालका प्रमुख डा। तिमिल्सिनाले संक्रमितलाई एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल पठाइने तयारी भइरहेको बताए । यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । हिजो बागलुङमा एकजना महिलामा कोरोना देखिएको थियो । र्यापिड टेष्टमा उनमा कोरोना देखिएपछि थप परीक्षणका लागि उनको स्वाब पोखरा पठाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्