Friday, December 4

स्वास्थ्यको लागी पुरुषले उठेर पिसाब गर्दा ठिक कि बसेर ? जानी राखौं

March 12, 2020 447

काठमाडौँ । हाम्रो मृगौलाले र’गतबाट फोहोर छानेर पिसाब उत्पादन गर्छ। त्यसपछि यो पिसाबथैलीमा जम्मा हुन्छ । पिसाबथैलीमा पिसाब जम्मा हुन सक्ने भएकाले नै हामी शौचालय जाने चिन्ता धेरै नगरीकन आफ्ना दैनिक काम गर्न सक्छौँ र रातमा निदाउन सक्छौँ । पुरुषहरूले कसरी पिसाब फेर्ने भन्ने कुरा कतिपय सन्दर्भमा स्वास्थ्य र सफाइमा आधारित छन् तर कैयौँका लागि यो समान अधिकारको विषय पनि हो । कैयौँ संस्कृतिमा बालबालिकालाई केटाहरू उठेर पिसाब फेर्छन् र केटीहरू बसेर पिसाब फेर्छन् भन्ने सिकाइन्छ। तर यो व्याप्त हचुवाको भरमा गरिएको धारणामाथि कैयौँ मुलुकका स्वास्थ्य अधिकारीहरूले प्रश्न उठाएका छन्।

पिसाबथैलीको क्षमता ३००/६०० मिलिलिटरको हुन्छ। त्यो जब दुई तिहाइ भरिन्छ हामी त्यो खाली गर्न चाहन्छौँ। पिसाबथैली सम्पूर्ण रूपमा खाली गर्न स्वस्थ्य स्नायु नियन्त्रण प्रणाली चाहिन्छ जसले हामीलाई शौचालय जान आवश्यक भएपछि जनाउ दिन्छ र यदि तत्काल जान सकेनौँ भने पिसाब रोकेर बस्न पनि सक्छ। हामी जब सहज अवस्थामा हुन्छौँ, पिसाब थैली वरपरको मांसपेशी खुकुलो हुन जान्छ। त्यसपछि थैली खुम्चिन्छ जुन प्रक्रियामा पिसाब बाहिर निस्कन्छ।

स्वस्थ्य व्यक्तिले पिसाब फेर्न बल गर्नुपर्दैन। तर कहिलेकाहीँ पुरुषहरूमा पिसाब फेर्न अस्थायी रूपमा या स्थायी रूपमा बल लगाउनुपर्ने अवस्था आउन सक्छ। वैज्ञानिक प्रकाशन पीएलओएस वानले गरको एक अध्ययन अनुसार प्रोस्टेट बढेका मानिसहरू जसले पिसाब फेर्न गाह्रो बनाउँछ उनीहरूलाई बसेर पिसाब फेरे फाइदा हुन सक्छ बीबीसी प्रकाशित समाचारमा भनिएको छ ।

यो अध्ययनमा स्वस्थ्य पुरुषहरू र प्रोस्टेट लक्षण भएका पुरुषहरूबीच तुलना गरिएको थियो। प्रोस्टेट लक्षण भएका मानिसहरूमा बसेर पिसाब फेर्दा पैदा हुने एक प्रकारको द’बाबले पिसाब फेर्न सजिलो हुने र छिटो हुने पाइएको थियो । तर स्वस्थ्य मानिसमा उठेर या बसेर जसरी पिसाब फेरेपनि कुनै फरक नपर्ने अध्ययनले देखाएको छ।

कहाँनेर पिसाब पार्ने भन्ने सिकाउन केही युनिनलहरूमा किराजस्तो आकृति टाँसिएको हुन्छ । यूकेमा न्याशनल हेल्थ सर्भिस एनएचएसले पिसाब फेर्न स’मस्या भएका पुरुषहरूलाई आरामदायी र शान्त स्थलमा बसेर पिसाब फेर्न सुझाव दिएको छ।तपाईँले बसेर पिसाब फेर्ने पुरुषहरू प्रोस्टेट क्यान्सरबाट बच्न सक्ने र उनीहरूको यौ’न जीवनमा पनि सुधार आउने कतिपय कथा सुन्नु भएको होला तर त्यो पुष्टि भएको वा प्रमाणित भएको छैन।

जब एकजना स्थानीय राजनीतिकर्मी शहरका सार्वजनिक शौचालयका अवस्थाबाट दिक्क भए उनले पुरुषहरूलाई अलि विचारशील हुन आग्रह गरे। समाचार जनाइ अनुसार कतिपय ठाउँमा पुरुषहरूले बसेर पिसाब फेरुन् भन्ने सङ्केत राखिएका छन्।

प्रतिकृया दिनुहोस्