Wednesday, March 3

सपनाले आत्म ह त्या गर्छु भनेपछि बिनयजंगको भाई मिडियामा,सपनालाई दिए हार नखान सुझाब (भिडियो हेर्नुस्)

February 14, 2021 81

काठमाडौ । सुनिल केसीलाई सबैले विनयजंग बस्नेतको भाई भनेर उल्लेख गर्छन । तर उनी जैविक रुपमा उनी विनयजंगका भाई होइनन् । उनले सम्बोधनका क्रममा दाई भन्ने गरेको र संगै सहकार्य गरेका कारण दाई भन्ने गरेको बताएका छन् । सार्वजनिक रुपमा आफुले दाई भनेर सम्बोधन गरेका कारण अरुलाई उनको जैविक भाई नै हो की भन्ने भ्रम भएको हुनसक्ने बताएका छन् ।

उनले विनयजंगसंग केही समय संगै काम गरेको बताएका छन् । उनले यस्ता सामाजिक काममा लागेको दुई दशक भएको बताएका छन् । खेलकुद, कलाकारीता, वृद्धवृद्धाहरुलाई सहयोग गर्ने र भुकम्पकको वेलामा पनि सहयोग गर्न गाउँ गाउँमा पुगेको आफ्नो सामाजिक क्षेत्रको कामका बारेमा बताए । उनले विनयजंगलाई दाई भनेर सम्मान गर्ने भएपनि उनको गल्तीका बारेमा भने भन्न नडराउने बताएका छन् ।

उनले वेवारिसे शव ब्यवस्थापनमा लागेका विनयजंग र बीबीसीमा सय प्रभावशाली महिलाको लिष्टमा परेकी सपना रोका मगरकाबीचको विवादका बारेमा पनि कुरा खुलाएका छन् । उनले समाजसेवामा लागिसकेपछि ठूलो मुटु बनाएर लाग्नुपर्ने बताउँछन् । यहाँ समाजसेवाका बारेमा नबुझि आफुलाई समाजसेवी भन्दै दावी गर्नेहरु बढेको बताएका छन् ।

उनले विनयजंगले गरेको काम ठूलो पा प भएको बताएका छन् । उनले कसैको पनि विगत उठाएर चुनौती दिन नहुने बताए । सबैको भविष्य हुने र त्यसमा केही गल्ती हुने भएकाले त्यसलाई ल्याएर भविष्यलाई धमिल्याउने काम गर्न नहुने बताए । सपनालाई खुलेआम सामाजिक सञ्जालमा चुनौती दिनु विनयजंगको गल्ती भएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्