Thursday, January 21

तीन भारतीय नागरिकलाई काेराेना संक्रमण देखिएपछि वीरगञ्जका सबै मस्जिद सिल गर्ने तयारी

April 12, 2020 245

काठमाडौं । पर्साको जमातिमा रहेका तीन भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि वीरगन्जमा रहेका सबै मस्जिदहरु सिल गर्न लागिएको छ ।वीरगंजको छपकैयास्थित मस्जिदमा केही हप्तादेखि आश्रय लिइरहेका तीन जना कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गर्न लागिएको हो। पर्सा प्रहरी प्रमुख गंगा पन्तले मस्जिद क्षेत्रलाई निगरानी बढाइएको र सिल गर्न लागिएको बताइन्।

विरगंजको छपकैयास्थित उक्त मस्जिदमा फागुनदेखि नै बस्दै आएका उनीहरुको स्वाब जाँचका लागि नारायणी अस्पतालले हेटौंडा पठाएको थियो।त्यहाँको रिपोर्टले संक्रमित देखिएपछि थप पुष्टिका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइएकोमा आइतबार त्यहीँबाट पनि पोजेटिभ रपिोर्ट आएपछि मस्जिद क्षेत्रमा सिल गर्न प्रहरी परिचालन गरिसकिएको छ ।

हेटौंडा अस्पतालले ३३ जनाको स्वाब जाँच गर्दा तीन जनाको रिपोर्टमा संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएलगत्तै उनीहरु बस्ने मस्जिदका २६ जनालाई तत्काल नजिकै रहेको सिदार्थ माविमा सञ्चालित क्वारेन्टाइनमा राखिएको छ।उनीहरुलाई अब अस्पताल भर्ना गर्ने तयारी भैरहेको पनि प्रहरीले जनाएको छ। साथै उनीहरुको सम्पर्क रहेका सबैलाई क्वारेन्टाइनमा राख्न प्रहरी जुटिरहेको छ।

प्रतिकृया दिनुहोस्