Friday, March 5

साताको पहिलो दिन आज पनि घट्यो सुनको भाउ, कतिमा कारोबार भैरहेको छ ?

February 14, 2021 79

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा १ सयले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्