Saturday, February 27

‘रेखालाई मेरो सम्पत्ती नदिनु’ भन्दै श्रीमान मुकेशले देह त्याग गरे

February 13, 2021 79

एजेन्सी । बलिउड नायीका रेखाको जिवन रहस्यले भरिएको छ । उनको नीजि जिवनको बारेमा चासो राख्नेहरु धेरै छन् । तर उनका बारेमा धेरै अनुत्तरित प्रश्नहरु छन् । रेखाले १९९० मा भारतका चर्चित व्यापारी मुकेश अग्रवालसँग बिवाह गरेको थिइन् । उनी त्यो समयका चर्चित हटलाईन गुप्र र निकिताशा बान्ड्रका मालिक थिए । तर उनीहरुको विवाह एक वर्ष पनि टिकेन ।

सम्बन्धमा खटपट भएको कुरा सार्वजनिक भएको थिएन मुकेशले बिहेको एक वर्ष पछि अर्थात १९९१ मा रेखाको सलको प्रयोग गरेर नै देहत्याग गरेका थिए । उनको मृत्युले बलिउडमा तरङ्ग नै मच्चायो तर उनको मृत्युको रहस्य भने गुपचुप नै राखियो । अहिले सम्म पनि उनले यस्तो निर्णय किन गरे भन्ने खुलेको छ्रैन । तर यो घटना पछि भने रेखाको ब्यवसायीक जिवनमा निकै ठूलो असर गरेको थियो ।

उनका अघि निकै धेरै चुनौती आए । धेरैले रेखालाई गलत सोचे । अनुपम खेरले त उनलाई निकै तल्लो स्तरको टिप्पणी गरेका थिए । मुकेशले देह त्याग अघि एउटा नोट लेखेका थिए तर त्यस्मा उनले कसैलाई पनि आरोप लगाएका थिएनन् । उनले आफ्नो साथी तथा मनोचिकित्सक मुकेश अग्रवाललाई आफ्नो २ सन्तानको ख्याल गर्न र सम्पत्ति सम्हाल्न आग्रह गरेका थिए ।

तर उनले आफ्नो सम्पत्ती रेखालाई भने नदिनु भनेका थिए । आफ्ना सन्तान मात्र सम्पत्तीको हकदार भएको उनको भनाई थियो । रेखाको बारेमा किताब लेख्ने यासिर उस्मानका अनुशार मुकेशले नोटमा रेखालाई नराम्रो भनेका थिएनन्, उनले रेखालाई उनी आफै सक्षम छन् त्यसैले मेरो सम्पत्तीको उनलाई आवश्यकता छैन भनेर लेखेका थिए । मुकेशका नजिकका मित्र तथा पुलिस कमिस्नर नीरज कुमारले रेखाले मुकेशको सम्पत्तिमा कहिले पनि आखाँ नलगाएको र अंश नलिएको बताउँदै आएका छन् ।

रेखाले मुकेशसँग पैसाको लागि विवाह गरेको चर्चा गरिएको थियो । तर ति हल्लाहरुलाई रेखाले गलत सावित गरिदिएकी थिइन् । मुकेशको परिवारवाट रेखाले एक पैसा पनि लिएकी थिइनन् । आफुहरुसँग एक रुपैयाँ पनि नमागेको मुकेशका भाइले पनि पुष्टि गरेका छन् ।

प्रतिकृया दिनुहोस्