Tuesday, November 24

बाँके कोहलपुरमा फेरी अर्को दुर्घटना, नगरबस र अटो एक आपसमा ठोक्किदा, एक जनाको निधन ३ जनाको गम्भीर घाइते

March 12, 2020 292

बाँकेको कोहलपुर चौराहमा आज विहान नगरबस र अटो एक आपसमा जुध्दा एक जनाको ज्या’न गएको छ भने ३ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था ग’म्भीर छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नगरबस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अटो एक आपसमा जुधेका थिए । यस दुर्घटनामा परि बैजनाथ गाँउपालिका २ मकैबारीका ५० वर्षिय जय बहादुर रोकाको निधन भएको हो ।

मदनचोकदेखि तीव्र गतिमा आइरहेको भे१ख २१२९ नम्बरको माइक्रो बसले चौराहाको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेट नजिकै ठक्कर दिएको थियो ।

भे१ह १६५३नम्बरको अटोमा सवार बाँके बैजनाथ एक चिसापानीका सिजन शाही र जुम्ला तिला गाउँपालिका ३ का मदन शाहीको अवस्था ग’म्भीर रहेको छ । अर्का ग’म्भीर घाइतेको भने परिचय खुल्न सकेको छैन् । घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना विहान ८ बजेतिर भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्