Wednesday, January 27

विश्वकै सबैभन्दा प्यारी इरानकी बालिका अनाहिता कोरोनाभाइरस संक्रमित भएकै हुन् ?

April 12, 2020 614

काठमाडौं। ४ वर्षकी बालिका अनाहिता हशमजादेहलाई विश्वकै सबैभन्दा प्यारी बालिका भनिन्छ । उनकी आमा मरियमले २०१८ मा पहिलो पटक उनको एउटा फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । त्यसपछि नै अनाहिताका तस्वीरहरु भाइरस हुन सुरु भएका थिए । इन्स्टाग्राममा अनाहिताको नामका धेरै अकाउण्टहरु छन् । उनको आधिकारिक इन्स्टाग्राम अकाउण्टमा ९ लाख ८४ हजारभन्दा धेरै फलोअर छन् ।

पछिल्लो समय सामाजिक संजालमा फर्जी दावी गर्ने सिलसिला जारी छ । यरी हल्ला फैलाउनेहरुले यी बालिकालाई पनि छोडेनन् । उनीहरुले यी बालिकालाई पनि कोरोनाभाइरस संक्रमण भएको हल्ला फैलाइदिए । यो खबर भाइरल हुनासाथ उनका इन्स्टाग्राम फ्यानहरु चिन्तित भए र यसबारे सोध्न थाले । फ्यानको यो प्रश्नमा उनकी आमा मरियमले जवाफ दिँदै उनी स्वस्थ र सुरक्षित भएको बताएकी छिन् ।

अनाहिता इरानको सफहानकी हुन् । अत्यन्तै आकर्षक मुस्कान, नीला आँखा र सुन्दर मुहारका कारण फ्यानहरु उनलाई विश्वकै ‘क्युट’ बालिका भन्छन् । उनी १० जनवरी २०१६ मा जन्मिएकी हुन् । २०१८ मा उनकी आमा मरियमले पहिलो पटक उनको फोटो इन्टरनेटमा पोस्ट गरेकी थिइन् । फोटो सार्वजनिक भएसँगै उनी इन्टरनेट सेन्सेसन बनेकी थिइन् । त्यसपछि मरियकले अनाहिताका फोटोहरु शेयर गरिरहन्छिन् ।

प्रतिकृया दिनुहोस्