Sunday, January 17

वीरगञ्ज बस्दै आएका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२ पुग्यो

April 12, 2020 289

काठमाडौं, कोरोना भाइरसको संक्रमण नेपालमा थप तीन जनालाई भएको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ ।बागमती प्रदेशका एक मन्त्रीका अनुसार हेटौंडामा परीक्षण गरेको तीन वटा स्वावमा कोरोना भएको पुष्टि मन्त्रीले गरेका छन् । वीरगन्जबाट ल्याइएका तीनजानाको हेटौंडामा गर्दा पनि पोजिटिभ देखिएपछि काठमाडौं पठाइएको थियो, टेकु मा पनि पोजिटिभ आएको ती मन्त्रीले पुष्टि गरेका हुन् ।यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम्मेलन गरेर जानकारी दिने मन्त्रालय स्रोतले बताएको छ ।

लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो। संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ। तीनै जना भारतीय नागरिक रहेको बताइएको छ। उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले बताएको छ। हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो। हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो।

त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। काठमाण्डौमा परिक्षण पछि पनि उहाँहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको हो। यसअघि संक्रमण देखिएका ९ जनामध्य १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रतिकृया दिनुहोस्