दाङ २९ चैत । कोभिड १९ को संक्रमणबाट सर्तकता अपनाउन रातदिन खटिने सरक्षाकर्मीलाई तुलसीपुरका किसानले दूध उपलब्ध गराएका छन् ।शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरलाई ५० लिटर र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई १ सय १० लिटर दूध उपलब्ध गराएको राष्ट्रिय पशुपालक दूग्ध उत्पादन समाज नगरकमिटी तुलसीपुरका अध्यक्ष लोकराज डाँगीले जानकारी दिनुभयो ।नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीले लकडाउनलाई पूर्णरुपमा पालना गराउन खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै उनीहरुको मनोवल बढाउन दूध उपलब्ध गराएको डाँगीले बताउनुभयो ।
तुलसीपुरमा १६ बढी दूध उत्पादक किसानहरु संगठित भएका छन् ।दुध उत्पादक संघका नगर अध्यक्ष लोकराज डाँगी लगाएतका किसानको सहभागितामा दुध हस्तान्तरण गरिएको तुलसीपुर उपमहागनरपालिकाको मेयर सचिवालय प्रमुख मानबहादुर रावतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्