Tuesday, January 19

कोरोनाभाइरस संक्रमणबाट बेलायती नायिकाको नि’धन

April 11, 2020 399

बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण निधन भएको छ । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् । हलिउड रिपोर्टरले उनको नाती एलेक्स विलियम्सलाई उद्धृत गर्दै उनको निधनको समाचारलाई पुष्टि गरेको छ । लिभरपुलमा जन्मिएकी हिथले सन् १९६८ मा माइकल रिभ्सको चलचित्र विचफाइन्डर जेनेरल मार्फत ठूलो पर्दामा डेब्यु गरेकी थिइन् ।उनले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी पनि गरेकी थिइन् ।

मिस इंग्ल्यान्डको उपाधि निकालेर कोरोना जाँच्न हिँडिन् भाषा मुखर्जी

मिस इंग्ल्यान्ड २०१९ की उपाधि विजेता भाषा मुखर्जी आफ्नो ताज छोडेर डाक्टर पेसामा फर्किएकी छन्।२४ वर्षीया मुखर्जी श्वासप्रश्वाससम्बन्धी डाक्टर हुन्। मिस इंग्ल्यान्डको उपाधि जितेपछि उनले विभिन्न सामाजिक काममा सहभागी हुनु पर्ने भएकाले डाक्टरी पैसा छोडेकी थिइन्। पछिल्लो समय कोरोना भाइरसले बेलायतमा पनि महामारीको रूप लिएपछि उनी बिरामीको उपचार संलग्न हुने भएकी हुन्।

विभिन्न च्यारिटीले सद्भावना दूत बन्न प्रस्ताव गरेपछि उनले डाक्टरी पेसा सन् २०२०को अगष्टसम्मका लागि रोकेकी थिइन्।’मलाई अफ्रिका, टर्की, भारत, पाकिस्तान र अन्य एसियाली राष्ट्रका च्यारिटीमा दूत बन्न विभिन्न अफर आएको थियो,’ मुखर्जीले सिएनएनसँग भनिन्। त्यसै सिलसिलमा उनले कोभेन्ट्री मर्सिया लायन्स क्लवको सद्भावना दूत बनेर उनले चार साता भारतमा कामसमेत गरेकी थिइन्।

कोरोनाभाइरसले बेलायतको अवस्था बिग्रँदै गएपछि उनी आफ्नै पेसामा फर्किन चाहेकी हुन्।उनलाई पिलग्रिम अस्पतालका सहकर्मीहरूले मेसेज गर्न थालेका थिए। त्यसपछि उनले उक्त अस्पतालमा सम्पर्क गरेर काममा फर्किन चाहेको जानकारी गराएको सिएनएनले जनाएको छ।

‘मलाई लाग्यो कि मसँग भएको डिग्री यही समयका लागि हो र विषेश क्षेत्रको अंग बन्न योभन्दा राम्रो समय अरू के हुन्छ,’ उनले भनेकी छन्।मुखर्जी ९ वर्षकी हुदाँ उनको परिवार भारतको कोलकत्ताबाट बेलायतको दर्बीमा बसाइँ सरेको थियो।च्यारिटीको काममा भारत रहेकी उनी गत बुधबार बेलायत फर्केकी थिइन्।

प्रतिकृया दिनुहोस्