Friday, February 26

त्यसपछि घरमा अरु सुतेपछि प्रेमिकालाई घरमा बोलाउने गर्थे…..

February 13, 2021 56

कैलालीमा प्रे’मिकाको ज्या’न लि’एको आ’शंकामा पक्राउ परेका कार्यवाहक वडाध्यक्षलाई मुद्दा परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीमाथि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। उनका प्रेमिका अञ्जिता चौधरीले उनकै घरमा आइतबार विहान मृ’त फेला परेकी थिइन्।

वडा अध्यक्ष चौधरीलाई घटनामा संलग्न भएको आ’शंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको थियो। मृतकका दाजु रमेश चौधरीका अनुसार अञ्जिता विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी थिइन्। तर वडा अध्यक्ष चौधरीले अञ्जितालाई झु’क्याएर हालै अर्को विवाह गरेको दाबी मृतकका आफन्तजनले गरेका छन्।

प्रहरीका अनुसार मृतक २२ बर्षीया अन्जिता चौधरी वडा सदस्य निरजबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । तर निरजले शनिबार अर्कै युवतीलाई ल्याएका थिए । त्यसपछि गएराति नै अन्जिता र उनको परीवार निरजको कोठामा पुगेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । त्यसक्रममा निरजले अन्जितासँगै अर्की युवती दुवैलाई श्रीमततिको रुपमा स्वीकारेर राख्ने सर्तमा त्यही परीवारले छोडको बताइएको छ ।

प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे। मृतकको परिवार स्रोतका अनुसार निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। शनिबार निरजले अर्की महिलालाई भ’गा’एर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए।

दुवै पक्षबीच रातिसम्म छलफल भएको पारिवारिक स्रोतले जनाएको छ। निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि ‍अञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो। निरज राति नै भ’गाएर ल्याएकी महिलासँग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको श’व फेला परेको हो।

वडाध्यक्ष चौधरीलाई घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको बताएको छ ।अञ्जिता केही वर्षदेखी कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी मृतकका आफन्तको भनाइ छ ।

वडाध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो । त्यसपछि वडा सदस्य चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्