नेपाली बजारमा उपलब्ध पल्सर सिरिजका बाइक मध्ये बजाज पल्सर १२५ सबैभन्दा सस्तो बाइक हो । यसको मूल्य २लाख ३४हजार ९सय रुपैयाँ तोकिएको छ नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजका बाइक बिक्री–वितरण गरिरहेको छ । हाल शून्य प्रतिशत ब्याजदरमा १८महिना सम्म किस्ता तिर्न सकिने गरी बाइक किन्नका लागि स्किम उपलब्ध छ । यसो गर्दा शुरुमा ५० प्रतिशत रकम भने डाउन पेमेन्टको रुपमा बुझाउनु पर्छ यो स्किम अन्तर्गत बजाज पल्सर १२५किन्न चाहनेले शुरुमा ५०प्रतिशत डाउन पेमेन्टको रुपमा १ लाख १७ हजार ४५० रुपैयाँ बुझाउनु पर्छ । पहिलो चरणमा फारमका लागि ३५०रुपैयाँ फुल इन्स्योरेन्सको लागि ६हजार ३सय रुपैयाँ र सर्भिस चार्ज वापत ५ हजार ५ सय रुपैयाँ पनि बुझाउनु पर्छ ।
त्यसैगरी पहिलो पटक बाइक किन्दा नै पहिलो किस्ता रकम पनि बुझाउनु पर्छ । १८किस्ताको दरले बाँकी रकमलाई हिसाब गर्दा प्रत्येक महिना ६ हजार ५२५ रुपैयाँ बुझाउनु पर्छ । यो रकम समेत पहिलो चरणमै बुझाउनु आवश्यक छ यसो हुँदा शुरुमा ५०प्रतिशत डाउन पेमेन्ट माथि उल्लेखित विभिन्न शुल्क र पहिलो किस्ताको रकम समेत गरी जम्मा १ लाख ३६ हजार १२५ रुपैयाँ बुझाउनु पर्छ । यति रकम हुनेले शुरुमै बाइक आफ्नो घरमा लैजान सकिन्छ यसरी ५० प्रतिशत रकम तिरेर किस्ता बुझाउनका लागि भने केही कागजात बुझाउनु आवश्यक हुन्छ । कम्पनीका अनुसार बाइक किन्ने ग्राहकले आफ्नो नागरिकता लाइसेन्स आयस्रोत ३ महिना पहिले देखिको बैंक ब्यालेन्स र आफ्नो फोटो बुझाउनु आवश्यक छ ।त्यसैगरी साक्षी बस्ने ब्यक्तिको नागरिकता घरको लालपुर्जाको फोटोकपि विद्युतको बिल र फोटो समेत बुझाउनु अनिवार्य छ ।
प्रतिकृया दिनुहोस्