Tuesday, January 19

नेपालको बारेमा भारतीय मिडियाले यस्तो गलत समाचार प्रशारण गरे पछी पर्सामा तनाब , हल्लाको पछि नलाग्न प्रहरीको आग्रह

April 11, 2020 522

भारतीय सञ्चारमाध्यमले नेपालबाट करिव २ सय नागरिक भारततर्फ पठाउन लागेको भन्दै नियोजित रुपमा प्रचारबाजीगरेका छन् । विहिबार र शुक्रबार दिनभर भारतीय सञ्चारमाध्यमले नेपाल भारत सीमा क्षेत्रबाट नेपालका जालिम मिया नाम गरेका व्यक्तिलेकोरोना संक्रमित नागरिकलाई भारततर्फ पठाउन लागेको भन्दै गलत समाचार सम्प्रेषण गरिरहेका छन् ।

नेपालमा रहेका मुस्लिम समूदायलाई नै उत्तेजित पार्ने गरी भारतीय समाचार संस्थाहरुले नियोजित रुपमा निरन्तर समाचार सम्प्रेषणगर्दा पर्सामा केही बेर लकडाउन उल्लंघन समेत भएको थियो । भारतीय सञ्चार माध्यम जागरण दैनिकले जालिम मिया नाम गरेका व्यक्तिले मुस्लिम समुदायका २ सय व्यक्तिलाई भारत पठाउनलागेको भन्दै शुक्रबार विहान समाचार प्रकाशन गरेपछि भारतीय टेलिभिजनहरु इण्डिया टिभी लगायतले दिनभर गलत समाचारप्रसारण गरिरहे ।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले ती नागरिकलाई पठाउन लागेको भन्दै भारतीय सीमा सुरक्षा बलकोहवाला दिएर समाचार सम्प्रेषण गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले भने पर्सामा कोही पनि मुस्लिम नागरिक पक्राउ नपरेको जनाएको छ । शुक्रबार भारतका केहीसञ्चारमाध्यममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासँग जोडेर समाचार प्रसारण गरेपछि जिल्ला प्रहरी कार्यालयलेपनि चासो राखेको थियो ।

तर, भारतीय मिडियामा आएजस्तो कोही पनि नागरिक पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तलेबताइन । ‘बिहीबारर शुक्रबार जगरनाथपुर गाउँपालिकाबाट कसैलाई पनि पर्सा प्रहरीले पक्राउ गरेकोे छैन भारतीय मिडियामा यस्तोगलत समाचार कसरी आयो हामी पनि त्यो बारे छलफल गरिरहेका छौ,’ जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पन्तले भनिन् । गत चैत २० गते भारतको दिल्लीस्थित एक मुस्लिम धार्मिक सभामा गएर फर्किएको आशंकामा जगरनाथपुर गाउँपालिकाबाट १५जना मुस्लिम नागरिक पक्राउ परेका थिए । तर ती सबै नेपाली नागरिक भएको पुष्टि भएको थियो ।

उनीहरु उता गएको नबताए पनि भारतका विभिन्न ठाउँबाट आएको बताएपछि सम्बन्धित जिल्लामा पठाइएको उनले बताइन् ।भारतको दिल्लीस्थित एक धार्मिक सभामा भेला भएका केही मुस्लिम नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालबाटउता गएको आशंकामा केही नेपाल छिरेका मुस्लिम नागरिकलाई पनि चैत २० गते पक्राउ गरी क्वारेन्टाइनमा राखिएको थियो ।

जगरनाथपुर गाउँपालिकाबाट जम्मा १५ जना पक्राउ परेका थिए । उनीहरु सबै बारा, रौतहटका भएको खुलेको थियो । कोरोनाकोसंक्रमण हुने लक्षण नदेखेपछि चैत २१ गते नै सम्बन्धित जिल्ला पठाइ क्वारेन्टाइनमा राख्न निर्दैशन दिइएको पनि एसपी पन्तलेबताइन । ‘त्यो गाउँपालिकाबाट समूहगत रुपमा अरु मुस्लिम नागरिक पक्राउ परेका छैनन,भारतका सञ्चारमाध्यमले त्यहिबिषयलाई नबुझी समाचार बनाए जस्तो छ,’ उनले भनिन ।

भारतीय मिडियाल दिनभर यस्तो समाचार दिएका कारण पर्सामा केही असमान्य अवस्था आएको बताउदै एसपी पन्तले यस्तोहल्लाको पछाडि नलाग्न पनि सबैसँग आग्रह गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्