Tuesday, November 24

होली उत्सवपछि नुहाउने क्रममा यसरी भयो १५ जनाको मृ’त्यु

March 11, 2020 249

काठमाडौं । होलीमा दिनमा भएको भ’यानक घ’टनाले १५ जनको ज्या’न ग’एको छ । नेपालको तराई र भारतमा हिजो धुमधामसँग होली मनाइएको छ । यो बीचमा भारतको ओडिशामा मंगलबार होली उत्सवपछि नुहाउने क्रममा विभिन्न घ’टनामा १५ जनाको डुबेर मृ’त्यु भएको खबर आएको छ । कटकमा रहेको सरकारी अग्नीनियन्त्रण विभागका उप–अग्नी नियन्त्रक सत्यपीर बेहराले अहिलेसम्म १५ जनाको लाश भेटिएको पुष्टि गरेका छन् ।

कटकका स्थानीय सुभम कुमार बेहरा र निशान्त पाढी होली खेलेपछि आफ्ना अन्य साथीहरुसँग नजिकैको नदीमा नुहाउन गएका थिए । नुहाउने बेला यी दुबैजना डुबेपछि उ’द्धार गरेर एससीबी मेडिकल कलेज अस्पताल लगिायो जहाँ डाक्टरले उनीहरुको मृ’त्यु भएको कुरा जानकारी दिए । यस्तै, रायगडा जिल्लाको गुणुपुरमा होली खेलेपछि केन्दुगुडा बाँधमा नुहाउन गएका तीनजना पानीमा डुबे जसमा एकको घ’टनास्थलमा नै मृ’त्यु भयो भने अन्य दुईलाई पदमपुर अस्पतालमा ज्या’न ग’यो । उनीहरुको परिचय वरुण आचार्य, सुरेश आचार्य र अभिषेक कुमार रहेको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुन्डीको महेन्द्रतनया नदीमा एक, रेढाखोलको सन्धीमुँडा केनामा एक व्यक्तिको डुबेर मृ’त्यु भएको छ । निलगिरीको सिएडीमल ड्याममा एक, सालेपुरको चित्रोत्पला नदीमा एक र बारीपदाको जम्भीरा बाँधमा एक व्यक्तिको डुबेर मृ’त्यु भएको छ । यसबाहेक नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको लाश भेटिएको छ जसको पहिचान हुन सकेको छैन ।
त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

प्रतिकृया दिनुहोस्