Thursday, March 4

छोरी मानेकी सपनाको गोप्य फोटो आफ्नो मोवाइलमा किन राखे विनयजंगले ? ‘देखाइदिउँ !’ भन्दै दिए चेतावनी (भिडियो हेर्नुस्)

February 12, 2021 77

काठमाण्डौ । पछिल्लो समय विनयजंग बस्नेत र सपना रोका मगरको सम्बन्धले सोशल मिडियामा निकै नै स्थान पाईरहेको छ । उनीहरुको विषयमा उनीहरुसंगै काम गरेकादेखि लिएर उनीहरुलाई नजिक र केही टाढैबाट चिन्नेहरुले उनीहरुको बारेमा धेरै टिकाटिप्पणीहरु गरिरहेका छन् । कतिले विनयजंग बस्नेतले सपनालाई छोरीकै दर्जामा राखेको बताउँदै आईरहेका छन् भने कतिले सपनाले पनि मिल्दासम्म विनयजंगको हरेक कुरा मानेको र अहिले कुरा नमिल्दा विनयजंगको खेदो खनेको टिप्पणी गरिरहेका छन् ।

अरुले जस्तै यो विषयलाई नजिकैबाट नियाल्दै आएकी आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउने शर्मिला वाईवाले पनि आफ्नो भनाईहरुलाई थुप्रै मिडियामा मार्फत प्रस्तुत गरेकी छन् । शर्मीलाले कतै सपनाको पक्षमा बोलेकी छन् कतै सपनालाई पनि दोषी ठह्रयाएकी छन् । उनले विनयजंगलाई त कुकुर नै भनेर सम्बोधन गरेकी छन् । उनको भनाई अनुसार यतिबेला बेवारिसे तथा पुनरउत्थान केन्द्रका अध्यक्ष भएर काम गर्दै आई रहेका विनयजंग बस्नेतलाई सामाजिक काम गर्नबाट बञ्चित गर्नु पर्ने बताएकी छन् ।

उनले सपना रोकालाई पनि विनयजंग बस्नेतसंग काम र कुरा मिल्दासम्म सबै कुरा सहमतिमै गरेको र अहिले आफुमाथि बुवा भनिएर चिनिएका विनयजंगले यौ ‘न दु’व्र्य’व’हा’र गरेको भन्ने आरोप लगाउनु पनि सरासर गलत भएको बताएकी छन् । यस अर्थमा शर्मिलाकै भनाईलाई जस्ताको त्यस्तै बुझ्ने प्रयास यदि गर्ने हो भने सपनाका बुवाआमाले विनयजंगमाथि लगाएको आरोप केवल कुरा नमिल्दाकोलागी बनाईएको जालसाँजी मुद्या मात्रै हो ।

के थियो सपनाको बुवा आमाको आरोप ?

‘मेरो छोरी होइन सपना, छोरा हो । के छोरा मसंगसंगै सुत्नु हुँदैन ?’ यो भनाई हो बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको । तर यो भनाईलाई सपनाका बुवाआमाले जस्ताको त्यस्तै एक अन्तरवार्तामा बताएका छन् । सपनालाई आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे रे विनजजंग बस्नेतले । योपनि सपनाकै आमाबुवाले बताएका छन् ।

विगत केही महिनादेखि सपना र विनयजंग बस्नेतबीचको सम्बन्ध चिसिएको कुरा सबैलाई थाहा भएकै हो । तर के कारणले बाबु छोरी भनिने उनीहरुबीचको सम्बन्धमा दरार आयो भन्ने कुरा सबैकोलागी चासोको विषय थियो । यो चासोको विषयलाई सपनाका बुवाआमाले खोलिदिएका छन् । सपनाको आमाबुवाको भनाई अनुसार विनयजंगले सपनालाई बाहीरि रुपमा छोरी भनेतापनि उनको भित्री आवरणमा सपनालाई छोरीको दर्जा नदिएको बताएका छन् ।

उनीहरुको भनाई अुनसार विनयजंगले आफुले भनेको सपनाले नमान्दा मुखबाट खुन आउने गरी विनयले सपनालाई कु’टे’का पनि छन् । उक्त अन्तरवार्तामा सपनाकी आमाले रुँदै भनेकी छन्,‘उहाँले मलाई नै भन्नु भएको थियो सपना त मेरो छोरा हो । के म मेरो छोरासंगसंगै सुत्न मिल्दैन रु भन्दा मैले काममा छोरा भएपनि उ त छोरी हो नी बाबु भनेकी थिएँ । एकातिर छोरी पनि भन्ने अर्कोतिर छोरीसंगै सुत्छु पनि भन्ने । यो कस्तो सम्बन्ध हो ?’ उनको कुरामा विनयजंगले छोरी सपनालाई गरेको र बोलेको अभ्रद शब्दहरुको बारेमा सपनाका बुवाले पनि उक्त अन्तरवार्तामा बताएका छन् ।

सपना रोका मगर र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश ज’ला’उने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् ।

काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी थिईन । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेकासय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी थिइन् । म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन् । उनले काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त बनेर दागबत्ती दिँदै आएकी थिइन् । तर आज उनका आमा बुबा मिडियामा रुदै आएका छन् । विनयजंग बस्नेतले सपनालाई यौ’न दु’व्र्य’वहार गरेर मा’र्नेसम्मको ध’म्की दिएको भन्दै सपनाको बुवाआमाले रुँदै बताए ।

सामाजिक संजालमा यी कुरा आएपछि सपनाले के भनिन् ?

‘म मौन बसेको छु यस्को अर्थ यो होइन कि म गलत छु । मैले मुख खोल्दा सत्य बाहीर आउने र नखोल्दा नआउने यो पक्कै होइन । सत्य त एकदिन बाहीर आउँछ आउँछ । त्यसकालागी मैले मुख नै खोख्नु पर्छ भन्ने छैन । मैले मुख खोलर कसैलाई नराम्रो हुन्छ भने म मेरो मुख खोल्नै चाहान्न ।’ यो भनाई हो तीन करोड नेपाली जनाताको ढुकढुकी सपना रोका मगरको ।

सपना र उनको बाबु भनिएका विनयजंगबीचको सम्बधमा तिक्तता आएपछि सपना लामो समयसम्म मौन नै बसिन् । यो विषयमा सबैले बिना गल्ती सपना मौन बसेको होइन भनेर पनि टिप्पहरु धेरैले गरे । सपना मौन बसिरहंदा विनयजंगका पक्षमा बोल्नेहरुले सपनाको मौनतालाई नै कम्जोरी बनाउँदै विभिन्न मिडियाहरुमा विभिन्न थरीका कुराहरु पनि गरे । यस प्रकारको भनाईहरुप्रति सपनाको धारणा वा जवाफ के रहन्छ र त्यो कहिले आउँछ भन्ने पर्खाई सबैकोलागी थियो ।

यसैबीच केही दिन अघि मात्रै सपनाका आमाबुवाले विनयजंगले सपनामाथि गरेको हरेक कर्तुतहरुको पर्दाफास गरिदिए । उनीहरुको उक्त भनाईप्रीत सोशल मिडियामा भुईँचालो नै आयो । त्सपछि विनयजंग र उनका पक्षधरहरुको खेल उनीहरुमाथि नै भारी पर्न गयो । सबैले विनयजंगलाई कार्वाहीको माग गरिरहे । उनकै संस्थामा आवद्ध भएर काम गर्दै आएकी सामाजिक अभियन्ताको रुपमा चिनिएकी शर्र्मिला वाईवाले त कसैले विनयजंगमाथि मुद्या नहालेपनि आफुले हाल्ने र कार्वाहीको दायरमा ल्याएरै छाड्ने सम्मको प्रतिज्ञा गरेकी छन् ।

आफु विरुद्ध चारैतिरबाट सबै खनिन थालेपछि विनयजंगले फेरी अर्को एउटा षडयन्त्र रचे जुन थियो पैसा चोरीको आरोप । उनको भनाई अनुसार सपनाले आफुसंग सम्बन्ध तोड्नको कारण उनका बुवाआमाले आफुलाई लगाएको आरोप गलत हो र वास्तवमा सपनाले संस्थाको नाममा आएको ५० हजार रकम चोरी गरेको बताए । जब विनयजंग सपनालाई चोर भने तब बल्ल सपनाले आफ्नो मुख खोलेकी छन् । जस्का पर्खाई अहिलेसम्म उनका फ्यानहरुले गर्नुकासाथै सबै नेपालीहरुले गरिरहेका थिए ।

सपनाले भनेकी छन्,‘मलाई माफ गर्नुस् मेरो मौनताले यदि कसैलाई चोट लाग्दैन र आत्मासम्मानमा ठेस पुग्दैन भने म मौन नै बस्न रुचाउँछु । तर यसको अर्थ यो होइन कि म गलत छु । म गलत छु छैन यो त समयले भन्ने कुरा हो । किनभने समयभन्दा बलवान यो संसारमा अरु केही छैन । जस्ले एकदिन अवश्य पनि सत्यको जीत गराएरै छाड्छ ।’ सपनाले आफुलाई धरातल बिर्सियो भन्नेहरुलाई पनि चोटिलो जवाफ दिएकी छन् ।

को हुन बस्नेत ?

निस्वार्थ भावले सामाजिक सत्कर्ममा होमिएका व्यक्ति हुन उनी । युवावयमै आमा गुमाउनु,वुवा गाडि दुर्घटनामा परेर बित्नु र जीवनसंगिनीले छाडेर जानु । त्यस यता उनी नितान्त छन् एक्लो र रित्तो । समयले उनलाई एक्लो बनाए पनि मन कहिल्यै एक्लो भएन । भन्छन नि जीवनमा सबैथोक खानु तर हरेश नखानु । हो हरेश खाएनन् उनले । र त होमिए वेवारिसेहरुको जीवन र मुहारमा खुसी भर्न । आफू रित्तिएर पनि ऋणमा डुबेर भएर पनि उनी वेवारिसेहरुको उद्धारमा तल्लिन छन् विगत आधा दशकदेखि । यही बीचमा संस्था जन्माए एक्सन फर सोसल चेन्ज ।

युवावयमा पिताजी गाडी दुर्घटनामा परेर बित्नु र उनको शव त्रिवि शिक्षण अस्पतालको वेवारिसे गृहमा थन्किएपछि त्यही समय हो उनको मस्तिक रन्थिनिएको । महालेखा परिक्षकको कार्यलयका जागिरे पिताजीको लाश वेवारिसे लाशहरुको चाङमा भेटे लगतै उनको दिमाग हल्लियो आखिर जीवन भन्नु केही रहेनछ । जो कोही मान्छे,चाहे जति सुकै सम्पन्न भए पनि एक दिन बित्नेछ । थाहा छैन को मान्छे कतिखेर बित्छ र कसरी बित्छ ? हो यही समयदेखि उनले स्थापना गरे एक्सन फर सोसल चेन्ज । संस्था स्थापना गर्नुको प्रमुख उदेश्य थियो कोही पनि मान्छे वेवारिसे भएर बित्नु नपरोस । बाँच्न नपरोस ।

यो बीचमा उनले सडक,मठ,मन्दिर,अस्पतालमा भेटिएका १०० भन्दा बढी लाशहरुको सद्गद् गरिसकेकाछन् । एउटा लाशको सद्गद् गर्न झण्डै १० हजार बढी खर्च हुन्छ । यद्यपि, आम्दानीको स्रोत कोही छैन । बरु भएको जग्गा बेचेर भए पनि यी लाशहरुको सद्गद् गरेका छन । साथी तथा सहह्ृदयीहरुसँग ऋण लिएर,चढ्दै आएको मोटरसाइकल धरौटीमा राखेर धेरै पटक लाशहरुको सदगद् र वेवारिसेहरुको उपचार गरेका छन् । राज्यका कुनै निकायबाट सर सहयोग नभए पनि साथीसंगीहरुसँग ऋण लिएरै उनले त्यस्ता वेवारिसे लाशहरुको सद्गद् गर्दै आएका छन् ।

सपनाको गोप्य तस्विरहरु निकालेर देखाइदिम भन्दै बिनय रिसाउँदै आए मिडियामा

वेवारिसे शव ब्यवस्थापनका कारण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खुलेआम युट्युवमा स्वीकार गरेका छन् ।

उनले सपनालाई आफुले नै अहिले सम्मको अवस्थामा ल्याएको भन्दै अरुले नै सपनालाई उक्साएर आफु विरुद्ध बोल्न लगाएको आरोप लगाएका छन् । उनले सिमित युट्युवरहरुले सपनालाई घेराबन्दी गरेर आफु विरुद्ध सपनालाई बोल्न उक्साएको आरोप लगाएका छन् ।

अरुको उक्साहटमा लागेर सपना आफ्ना विरुद्ध लागे सबैलाई ठेगान लगाउने चेतावनी पनि उनले दिएका छन् । उनले सपनाको अ श्लि ल तस्बिर आफ्नो मोवाइलमा र पेन ड्राइभमा पनि सुरक्षित राखेको स्वीकार गरेका छन् । आफुले छोरी मानेकी सपनाका त्यस्ता नराम्रा तस्बिर उनले सुरक्षित राख्नुको कारण भने उनले बताएनन् ।

म र्ता क्या नहि कर्ता ? उनले चेतावनी दिँदै भनेका छन् यदि मलाई कसैले धावा बोल्छ भने सबैलाई सि ध्या इ दिन्छु । उनले गोल्डन टिभी चलाउने युट्युवरले सपनालाई घेराबन्दी गरेर आफु विरुद्ध उक्साएको आरोप लगाएका छन् । उनले आफुलाई सपनाको वे इ ज्जत गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् । सामाजिक काम गर्न अवरोध गर्ने कसैलाई पनि म छोड्दिन । चाहे त्यो सपना रोका मगर नै किन नहोस् मैले छोड्दीन उनले भने ।

उनले आफ्ना परिवारले समेत विश्वास नगरेको बेलामा आफुले ल्याएर बीबीसीको शक्तिशाली महिला हुने अवस्था सम्म पुर्याएको दावी गरेका छन् । उनले आफ्नै कारणले नै सपना त्यो अवस्थामा पुगेको उनको दावी छ । भिडियो तल हेर्नुहोस

प्रतिकृया दिनुहोस्