जनताको सेवामा खट्ने प्रहरीको होईन घर भित्र माक्स लगाइ बस्ने सांसद मन्त्रीको तलब काट्नु पर्छ । केही शब्द बढी लेख्दा फेरि हाम्रा हातमा हतकडी लगाइन कति बेर लाग्दैन फेरि सरकारको विरुद्ध बोले लेखे पत्रकार र नागरिकले भनि! तर मेरो देश कोरोना भाइरस नियन्त्रणको लागि चालिएको लकडाउन र सामन्य दैनिकी गुजारा गर्न दिन भरी श्रम गर्ने मजदुरको पिडा र अबस्था सगै आफ्नो ज्यानको बाजी लगाएर दिन रात नेपाल !
र नेपालीलाई यो महामारीबाट बचाउन चर्को घाम , भोक , भोको पेट र मीठो निन्द्रा र पानीको तिर्खा समेत नभनी खटिने नेपाल आमाका छोराछोरी नेपाल प्रहरी , सेनाहरुको योगदान , भुमिका कसले मुल्याङ्कन गर्ने ?
न त कोरोना सर्ला भन्ने डर न त आफ्नो परिवारको आँसु र पीडा केही सोच्न पाएका छैनन् देशको शान्ती सुरक्षामा खटिएका नेपाल प्रहरीले यो बेला नेपाल प्रहरीको मनोबल उच्च र उनिहरुलाई उचित ब्यबस्था र हौसला थप्ने बेलामा ।
उनिहरुको तलब भत्ता दोब्बर बनाउने बेलामा देश र जनताको लागि ज्यानको बाजि लगाउदै खटिएका सुरक्षाकर्मिको तलब काटी सरकारको कोरोना रोकथाम कोषमा जम्मा गर्नु पर्ने कस्तो यो निर्णय?
के नेपाल सरकारले केही समय दैनिक गुजारा गर्न काम गर्न नपाएका नागरिकलाई दाल भात खुवाउन नेपाल प्रहरीको तलब काट्नै पर्ने अबस्थामा पुगेको हो त ? कती हुन्छ सामन्य सुरक्षाकर्मिको तलब?
त्यो भन्दा कोरोना लाग्छ कि भनी दुई मिटर पर बस्दै मिटिङ बस्ने र माक्स लगाएर घर भित्र मजाले खाएर बस्ने सिंहदरबार भित्रका सांसद मन्त्रीहरुको पुरै एक महिनाको तलब काटने निर्णय किन नगरेको होला ?
अर्को कुरा स्वैच्छिक सहयोग रे? जनताको भोटबाट सासद , मन्त्री बन्दा आज उनै जनता भोकै छट्पटी ने अबस्था आउँदा उनिहरुको घरमा चुलो बाल्न ती सासद मन्त्रीलाई एक महिनाको तलब दिन किन स्वैच्छिक मन नभएको होला।
प्रतिकृया दिनुहोस्