Tuesday, January 19

भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमन

April 11, 2020 224

काठमाडौँ, २८ चैत्र । भारतको मुम्बई बस्दै आएका एक नेपाली परिवारको ८ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जम्मा ११ जनाको परिवारमा ८ जनालाई कोभिड-१९ पोजिटिभ भएको र ३ जनाको भने नेगेटिभ रिजल्ट आएको परिवारको जेठा सदस्यले बताए ।

अछाम घर भै कामको सिलसिलामा उनीहरु मुम्बई बस्दै आएको खुल्नमा आएको छ । सुरुमा कान्छो भाइमा कोरोना संक्रमण भएको र पछि पुरा परिवारमा संक्रमण फैलिएको खुल्नमा आएको छ । उनीहरु एउटा घर मै बस्दै आएको र भान्सा पनि एकै भएको हुदा संक्रमण एक अर्कामा भएको हो ।

संक्रमित दुई जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा आइसोलेसनमा राखिएको छ । अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ । तर उनीहरुलाई बेला बखत ज्वरो आउने बाहेक स्वास्थ्यमा अन्य कुनै समस्या नभएको बताएका छन ।

प्रतिकृया दिनुहोस्