Friday, February 26

एक व्यक्तिको शरीरमा भेटियो ‘ढुंगाको मुटु’

February 12, 2021 55

ढुंगाको मुटु अब उखानटुक्कामा मात्र सीमित रहेन ।भारतको गोवा मेडिकल कलेजमा एक व्यक्तिको मुटुका कोशिकाहरू दह्रो बनेको र त्यसले गर्दा मुटु ढुंगा बनेको पाइएको छ ।ती मृत व्यक्तिको अटोप्सी गर्दा ढुंगाको मुटु भेटिएको हो ।जुनियर रेजिडेन्ट तथा सेकेन्ड ईयर स्टुडेन्ट डक्टर डा भरत श्रीकुमारले गत जुलाई महिनामा गोवाको एक पार्कमा मृत भेटिएका व्यक्तिको अटोप्सी गरेका थिए ।

त्यसक्रममा मुटु चिर्न खोज्दा त्यो ढुंगा झैं साह्रो बनेको उनले पाए । देब्रेतिरको भेन्ट्रिकलमा विशाल एन्डोकार्डियल काल्सिफिकेसन देखिएको र त्यसले गर्दा रिस्ट्रिक्टिभ कार्डियोमायोप्याथी भएको उनले भेटे ‘मुटु ढुंगा जस्तै कडा भएको थियो । यस्तो दुर्लभ केसका बारेमा मैले सिनियर डक्टरहरूलाई बताउँदा उहाँहरूले हिस्टोप्याथोलोजिकल अध्ययन गर्न भन्नुभयो,’ श्रीकुमारले बताएहिस्टोप्याथोलोजीमा रोगको लक्षण अध्ययन गर्नका लागि एक कोशिकाको सूक्ष्म परीक्षण गरिन्छ ।परीक्षणमा ती व्यक्तिको मुटु काल्सिफिकेसनका कारण कडा बनेको उनले पाए । यही काल्सिफिकेसनले मिर्गौलामा पत्थरी पनि गराउँछ ।एजेन्सी

प्रतिकृया दिनुहोस्