Wednesday, January 20

भ्रम नफैलाइयोस् चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन : मन्त्रालय [भिडियोसहित]

April 10, 2020 249

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको भन्ने भ्रम मात्र रहेको स्पष्ट पारेको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तब कट्टी नगरिएको स्पष्ट पारेका हुन् । गत चैत ११ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी नगरेको डा. देवकोटाले बताए । उहाँहरुलाई प्रोत्साहन दिने निर्णय यसअघि नै भएकाले उच्च मनोवलका साथ काम गर्न आग्रह गर्दछु उनले भने । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी गरेको छैन र हालसम्म कटट्टी पनि गरिएको छैन’ उनले भने ‘त्यसैले सबैले उच्च मनोवलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

प्रतिकृया दिनुहोस्