Friday, January 22

तनहुँकी एक युवती को’रोनाको आशंकामा आइसोलेशनमा, भिनाजु युएईबाट आएका थिए

April 10, 2020 786

दुलेगौँडा ।तनहुँको शुक्लागण्डकीमा कोरोना संक्रमणको आशंकामा एक युवतीलाई आइसोलेशनमा राखिएको छ । विहिबार शुक्लागण्डकी-९ की १४ बर्षिया युवतीलाई ज्वरो र श्वासप्रश्वासमा स’मस्या आएपछि को’रोना संक्रमणको आशंकामा जिपि कोइराला राष्ट्रि श्वासप्रस्वास उपचार केन्द्र झरौटाको आइसोलेशन कक्षमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ती युवती विदेशबाट नआएको भए पनि उनकी भिनाजु युएईबाट आएर ससुरालीमा केहि दिन बसेको पाइएको छ ।

उनकी भेनाजु भिमाद नगरपालिको बासिन्दा रहेको उनले बताए । “ज्वरो आएर वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य जाँचका लागि आउनुभएको रहेछ”। प्रमुख श्रीवास्तवले भने-“स्वास्थ्यकर्मीले चे’कजाँच गरी दिएको औ’षधीले सुधार नभएपछि, उनलाई एम्बुलेन्स मार्फत् जिपि कोइरालाको आइसोलेशनमा राखिएको हो ।”ती युवतीको शुक्रबार स्वा’ब संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरिएको उनले बताए । उनको अहिले स्वास्थ्य अवस्था सा’मान्य रहेको अस्पतालले जनाएको छ ।तस्बिर :फाइल

प्रतिकृया दिनुहोस्