Wednesday, January 27

बेलायतका १०१ वर्षीय वृद्धले जिते को’रोनालाई

April 10, 2020 215

एजेन्सी : बेलायतमा को’रोनाबाट सङ्क्रमित भएका एक जना १०१ वर्षीय वृद्ध उपचारपछि निको भएका छन् । वो’रसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएर घर फर्केका हुन् ।श’ल्यक्रियाका लागि अस्पताल पुग्दा उनमा को’रोना संक्रमण भएको खुलेको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालवाट फर्केका हुन । अस्पतालबाट घर फर्केपछि परिवारसँग खिचेको वाट्सनको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।को’रोना भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिम पाको उमेरका व्यक्तिमा हुने गरेको छ ।

मृ’तकपनि प्राय पाको उमेरका व्यक्तिहरु नै छन् ।विश्व म’हामारी को’रोना भाइरस (को’भिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गु’माउनेको संख्या ९५ हजार ५०६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ।निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्। यसै गरी अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ।यससँगै त्यहाँ को’रोनाबाट ज्यान गु’माउनेको संख्या १६ हजार ४७८ पुगेको छ।

त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन्। पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गु’माएका छन्। यससँगै ज्यान गु’माउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ। स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ।यस सँगै स्पेनमा ज्यान गु’माउनेको संख्या १५ हजार ४४७ पुगेको छ। यता इटालीमा भने लगातार संक्रमण न्यून हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्