काठमाडौं । राज्य विरुद्धको कसुरमा विहिवार पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता रामकुमारी झाँक्रीलाई फेरी उपस्थित हुने सर्तमा प्रहरीले छोड्ने तयारी गरेको बुझिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै गोरखामा दिएको एक अभिब्यक्तिका कारण उनी विवादित भएकी थिइन् ।
उनी विरुद्ध अखिल नेपाल महिला संघले पक्राउ गर्न माग गर्दै गृहमन्त्री रामवहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको थियो । महानगरीय अ प रा ध महाशाखाको टोलीले झाँक्रीलाई विहिवार दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनलाई प्रहरीले विहिवार पक्राउ पुर्जी दिएर घरवाटै पक्राउ गरेको हो ।
विवाहको वर्षगाँठ मनाउने तयारी गर्दै साथीहरुसंग रहेको बेलामा उनलाई पक्राउ गरिएको हो । लगाएको आरोपका बारेमा झाँक्रीले लिखित जवाफ दिएपछि आफन्तको जिम्मा लगाउन प्रहरीको तयारी रहेको छ।
झाँक्रीले माघ १६ गते गोरखाको सिरान चोक गाउँपालिमा भएको एक कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी माथि कटाक्ष गरेकी थिइन्। त्यही विषयलाई लिएर प्रधानमन्त्रीको चर्को दवावपछि प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिएको हो।
मिनभवनस्थित प्रहरी कार्यालयमा रहेको झाँक्रीलाई रिहा गर्न माग गर्दै पार्टीका नेता नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई महाशाखामा पुगेका थिए। झाँक्रीलाई आज नै कागज गराएर छोड्ने तयारी भइरहेको छ।
प्रतिकृया दिनुहोस्