Thursday, January 28

भारतमा कोरोना संक्रमणका कारण ६२ वर्षीय डाक्टरको ज्या*न गयो

April 9, 2020 260

काठमाडौं, २७ चैत । कोरोना भाइरस संक्रमणका कारण छिमेकी राष्ट्र भारतमा एक डाक्टरको ज्यान गएको छ । जानकारी अनुसार विहीबार विहान ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

धेरै डाक्टरहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि मध्यप्रदेशमा पहिलो पटक डाक्टरको ज्यान गएको हो । डा. पञ्जवानीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचार भइरहेको थियो । तर, अवस्था गम्भीर भइसकेको हुनाले उनको ज्यान गएको बताइएको छ ।

प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सोसल मिडियामा कोरोनाविरुद्ध लड्दै बलिदान दिने डा. पञ्जवानीको आत्माको शान्तिको कामना गरेका छन् । कोरोना संक्रमणकै कारण डाक्टरको ज्यान गएपछि प्रशासनले स्वास्थ्यकर्मीहरुलाई विशेष सावधानी अपनाउन अपील गरेको छ ।

वर्डोमिटर्सका डट इन्फोको ताजा अपडेट अनुसार हालसम्म भारतमा कोरोना भाइरस संक्रमणका कारण १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमितको संख्या ६ हजार २ सय ३७ पुगेको छ । यसैबीच ५६९ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्