Wednesday, March 3

एउटी महिलालाई झुटो सावित गराउन पुरै गाउँ उल्टियो, ‘बेहोसीमा झुट बोले बच्चा फालेको कुरा सत्य हैन्’ भन्दा कसैले पत्याएन (भिडियो हेर्नुस्)

February 11, 2021 85

काठमाडौ । श्रीमानसंग सम्बन्ध राम्रो नभएका कारण त ना व मा आएर झुटो कुरा बोल्दा इलाममा एक महिलाको घर विग्रिएको छ । तेस्रो सन्तान पनि छोरी जन्मिएपछि श्रीमानसंग उनको सम्बन्ध राम्रो भएन । २०६७ साल देखि नै उनीसंग श्रीमान टाढा हुन थाले ।

विदेशमा पैसा कमाउन गएका श्रीमानले पैसा पनि पठाएनन् । तीन छोरी र आफ्नो पेट पाल्ने खर्च त थिएन त्यस माथि तीन सन्तानलाई पढाउनु पर्ने जिम्मेवारी आमाकै काँधमा थियो ।

श्रीमान आफै पनि एक वर्ष देखि पैसा पठाउन नसकेको कुरा स्वीकार गरेका छन् । यस्तो अवस्थामा एक महिलाको मानसिकता के हुन्छ होला ? यस्तो अवस्थामा महिलाले त ना व मा आएर आफुले अर्कैको ग र्भ फा ले भन्दै जेठानीलाई भनेको कुराले अहिले उनी घर न घाटकी बनाइएकी छन् ।

जेठानीसंग करिब एक घण्टा लामो कुरा भएको थियो । त्यो बीचमा उनले निकै दुखसुखका कुरा गरेकी थिइन् । तर जेठानीले त्यही कुरा मात्र भिडियो रेकर्ड गरेर विदेशमा भएका देवरलाई पठाइदिइन् ।

अहिले विदेशवाट श्रीमान आएर को संग सम्बन्ध थियो ? भन्दै गाउँले भेला पारेर महिलालाई र्याख र्याख्ती पारेका छन् । उनले आफुले त्यती बेला झुटो बोलेको भनेर बारम्बार भन्दा पनि उनको कुरा सुनिदिने कोही छैन ।

पहिला भनेकै कुरा सहि थियो भन्ने कुरा प्रमाणीत गराउन सबै लागेको देखिन्छ । सामान्यतया ६ महिनाको गर्भ त्यसै खेर जाँदैन । खेर गएपनि महिलाको स्वास्थ्य अवस्था विग्रन्छ । तर त्यो कुराको खोजीतिर कोही लागेको देखिदैन । गाउँले नै सबै महिलालाई नै गलत सावित गर्न खोजेको भिडियोवाट बुझ्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्