Thursday, January 21

कोरोनाबाट बचाउँन चौधरी ग्रुपले दियो यति ठूलो सहयोग

April 9, 2020 762

काठमाडौं । अहिले कोरोना भाइरसका कारण सिंगो विश्व नै संकटमा परेको छ । यो बीचमा सबै जना मिलेर काम गर्दैछन् । यो बीचमा नेपाल सरकारलाई सघाउनका लागि चौधरी ग्रुप पनि अगाडी आएको छ । आज चौधरी फउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १,००० थान पीपीइ हस्तान्तरण गरेको ग्रुपको संस्थापक बिनोद चौधरीले जानकारी दिनुभएको छ ।

नेपाली कांग्रेसका सांसद समेत्त रहनु भएका चौधरीले यसबाट कोरोनाभाइरस उपचार प्रभावकारी हुनेमा विश्वस्त भएको बताउनुभएको छ । यस भन्दा पहिले नर्भिक अस्पतालले पनि सरकारलाई सहयोग गरेको थियो । नर्भिकले प्रतिवद्धता व्यक्त गरे बमोजिम Gown + Face Shield + Disposable Cap + Globes + Disposable Gloves सहितको Medical Complete Set (PPE) 1000 sets स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्