Tuesday, January 19

कोरोनालाई जितेर घर फर्केकी कनिका कपूरको संकट घटेन

April 9, 2020 614

काठमाडौं। बलिउड अभिनेत्री कनिका कपूर कोरोनाभाइरसलाई जितेर स्वस्थ भइ घर फर्किएकी छिन् तर उनीमाथिको संकट भने घटेको छैन । अस्पतालबाट डिस्चार्ज भएकी कनिका अहिले १४ दिनको होम क्वारेन्टाइनमा छिन् । १४ दिनको क्वारेन्टाइन अवधि समाप्त भएपछि उनीमाथि जानीजानी कोरोनाभाइरस फैलाएको आरोपमाथि अनुसन्धान सुरु हुनेछ ।

यसका लागि लखनउ पुलिसले सोधपुछको तयारी गरेको छ । कनिकाविरुद्ध भाइरस फैलाएको अभियोगमा भारतीय दण्ड विधानको धारा २६९–२७० अन्तर्गत केस दर्ता गरिएको छ ।

कनिकाले आफू संक्रमित भएको पुष्टि हुनुअघि नै आफूमा लक्षण देखिएको इन्स्टाग्राममा बताउकी थिइन् तर पछि त्यो पोस्ट डिलिट गरेकी थिइन् । ‘विमानस्थलमा मेरो १० दिन पहिले सामान्य प्रक्रियामा जाँच भएको थियो । जब म घर आएँ ४ दिन पहिले मलाई लक्षण महसुस भए । अहिले म ठिक छु’ कनिकाले लखेकी थिइन् । यो पोस्ट पछि डिलिट गरेकी कनिकामाथि यही कारण लापरवाही गरेको आरोप लगाइएको छ । यो अवधिमा कनिका कैयौं पार्टीमा पनि गएकी थिइन् ।

प्रतिकृया दिनुहोस्