Friday, February 26

घोर अचम्म : सिन्धुपाल्चोकमा दियो गोरुले दूध, चिकित्सक चकित ! [दुध खान देशभरीका पुग्न थाले]

February 10, 2021 68

सिन्धुपाल्चोक । मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ तर सिन्धुपाल्चोकमा गोरु त ब्याएन तर घोर अचम्म भो । नब्याउँदै मज्जाले दुध दिन थाल्यो । पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको कुराको तथ्य ओकल्दै छौ ।

हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ । तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिइरहेको छ ।

अहिले गाँउलेहरु र हेर्न जानेहरुले गोेरुको दूध प्रसाद भनेर खाइरहेका छन् । यो भन्दा अगाडि कहिँ कतै नदेखेको र नसुनेको यो घटनाले सबैलाई चकित बनाएको छ । तर गोरुधनी तामाङ भने दङ्ग पर्नुभएको छ । अहिले उहाँको घरमा गोरुले दूध दिएको हेर्न विभिन्न ठाउँबाट आउने मानिसहरुको भिडभाड नै लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्