Friday, March 5

प्रियंकाले आफ्नो पुस्तकमा खुलाइन् ‘निर्देशकले भलाई भने ‘हिरोइन बन्ने हो भने …

February 10, 2021 60

मुम्बई । प्रियंका चोपडा हलिउडमा समेत प्रभाव पार्न सफल बलिउड नायिका हुन । अमेरिकी गायक निक जोनसंग विवाह गरेपछि उनी अमेरिकामै धेरै समय विताउँछिन् । सामाजिक सञ्जालमा पनि निकै सकृय उनले हालै एक पुस्तक प्रकाशन गरेकी छन् । प्रियंका चोपडा अहिले उनकै पुस्तक ‘अनफिनिस्ड’ को कारण चर्चामा छिन् । उक्त पुस्तकमा प्रियंकाका केही भोगाइहरु सार्वजनिक गरेकी छन् ।भारतीय पत्रिका इण्डिपेण्डेटका अनुसार प्लाष्टिक सर्जरीको प्रसंगमा उनको एउटा भनाई चर्चाको विषय बनेको छ । प्रियंकाका अनुसार सन २००० मा जब मिस वल्र्डको उपाधी हात पारिन् । एक निर्देशकसंग उनको चिनाजानी भयो । उनले भनेकी छिन् ‘कामकै शिलसिलामा ति निर्देशकसंग मेरो भेट भयो थोरै कुराकानी भएपछि उभिएर उनले मलाई घुमेर हेरे ।’केही बेर घुमेर हेरेपछि ति निर्देशकले भने ‘यदि हिरोइन बन्न चाहन्छ्यौ भने स्तन ठूलो बनाउ त्यसका लागि सर्जरी गर ।’ निर्देशकको कुरा सुने पछि उनका मेनेजरले पनि ठिक हो भने । प्रियंका भन्छिन् ‘त्यसपछि मेनेजरको र मेरो बाटो फरक भयो ।’
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्