Friday, January 15

नेपालीलाई सहयोग गर्दै आएका अमेरिकी अभियन्ताको कोरोना भाइरसले निध’न

April 8, 2020 314

अमेरिका- नेपालीहरुलाई सहयाेग गर्दै आएका एक अमेरिकी राजनीतिज्ञको कोराेना भाइरसका कारण नि’धन भएको छ । नेपालका भूकम्पपीडितलाई सहयोगका लागि राहत संकलन तथा अमेरिकामा नेपालको झण्डा फहराउने अभियानमा सम्बद्ध न्युजर्सीका मायकल युनको कोरोना भाइरसको संक्र’मणबाट नि’धन भएको हो ।

जर्सी सिटीका काउन्सिलम्यान समेत रहेका युनले नेपालको इन्द्रावती गाउँपालिकालाई जर्सीसिटीसँग भगिनी सम्बन्ध कायम गर्ने अभियानमा युनको विशेष भूमिका रहेको थियो ।जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर बिष्णुमाया परियारको उक्त अभियनामा उनले साथ दिएका थिए । तीन वर्ष अगाडि जर्सी सिटीको मेयर अफिसमा नेपालको झण्डा फहराउनेमा पनि उनले उल्लेख्य भूमिका निभाएका थिए ।

उनले नेपालमा भूकम्प गइसकेपछि झण्डै ३० हजार डलर राहत संकलन गरेर नेपालीहरुका लागि पठाएका थिए । अमेरिकामा रहेका नेपालीका लागि टीपीएस प्रस्ताव पारित गराउनमा पनि उनको सहयोगी भूमिका रहेको थियो । उनको निधनले अमेरिकामा रहेका नेपाली समुदायले समेत गहिरो दुःख प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्